• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    ‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गर्ने माओवादी केन्द्रको निर्णय

    • lumbinisanjal
    • २०८२ श्रावण १९, सोमबार १७:०९
    3.5K
    SHARES
    ‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गर्ने माओवादी केन्द्रको निर्णय

    काठमाडौं ,१९ साउन । नेकपा माओवादी केन्द्रले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको छ । स्थायी समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्नि सापकोटाले विप्लवसँग एकताका लागि वार्ता टोली बनाएर छलफल थाल्ने निर्णय भएको बताए ।

    उनले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग पनि एकताका लागि छलफल चलाउने बताएका छन् । उनले भने, ‘नेकपा एकीकृत समाजवादी र विप्लवजी समाजवादी मोर्चामै हुनुहुन्छ, विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय भएको छ । नेकपा एससँग छलफल चल्दै छ । निष्कर्षमा पुगेका छैनौँ ।’

    चार दिनसम्म चलेको माओवादी केन्द्रको स्थायी समिति बैठक २६ बुँदे निर्णय गरेर आज सकिएको छ ।



    lumbinisanjal   
  • २०८२ श्रावण १९, सोमबार १७:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP