• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    गुल्मीको धुर्कोटमा आगलागी: रातको ३ बजे घरमा आगो लाग्दा युवतीको मृत्यु

    • lumbinisanjal
    • २०८२ श्रावण ११, आईतवार १७:०३
    6.5K
    SHARES
    गुल्मीको धुर्कोटमा आगलागी: रातको ३ बजे घरमा आगो लाग्दा युवतीको मृत्यु

    गुल्मी, ११ साउन‍। गुल्मीमा रातको समयमा भएको भीषण आगलागीमा एक युवतीको जलेर मृत्यु भएको छ।

    धुर्कोट गाउँपालिका–५ वस्तु अमराईस्थित मिनादेवी विकको घरमा आज बिहान ३ बजेतिर आगलागी हुँदा उनकी ३० वर्षीया छोरी जुना विकको जलेर मृत्यु भएको हो।

    जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिएसपी गङ्गा बहादुर सारुले दिएको जानकारीअनुसार आगलागीको सूचना पाउनेबित्तिकै प्रहरी चौकी धुर्कोटबाट टोली खटिएको थियो। आगलागीको कारण खुल्न बाँकी भए पनि घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।

    ढुङ्गाले छाइएको एक तले घरमा आगलागी हुँदा अन्य परिवार सदस्य भने सकुशल रहेका छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

     



    lumbinisanjal   
  • २०८२ श्रावण ११, आईतवार १७:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP