• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    बुटवल उपमहानगरपालिकामा राष्ट्रिय खोप अभियानको अनुगमन तथा निरीक्षण

    • lumbinisanjal
    • २०८१ माघ २६, शनिबार ०३:३७
    3.1K
    SHARES
    बुटवल उपमहानगरपालिकामा राष्ट्रिय खोप अभियानको अनुगमन तथा निरीक्षण

    बुटवल , २६ माघ । बुटवल–१२ स्थित नयागाउँ माध्यमिक विद्यालयमा आयोजित  (एचपीभी) विरुद्धको राष्ट्रिय खोप अभियानको अनुगमन तथा निरीक्षण सम्पन्न भएको छ।

    स्वास्थ्य आपतकालीन तथा प्रकोप व्यवस्थापन इकाई (HEDMU) तथा स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र (HEOC) का प्रवक्ता तथा प्रमुख डा. प्रकाश बुढाथोकीको नेतृत्वमा उक्त अनुगमन भएको हो।

    ११ देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई लक्षित गर्दै सञ्चालन गरिएको खोप अभियानको प्रभावकारिता सुनिश्चित गर्न अनुगमन टोलीले बुटवलका विभिन्न केन्द्रहरूमा निरीक्षण गरेको थियो।खोप अभियानले किशोरीहरूलाई एचपीभी संक्रमणबाट सुरक्षित बनाउने उद्देश्य लिएको छ, जुन पाठेघरको क्यान्सर जस्ता गम्भीर रोगहरूको प्रमुख कारण मानिन्छ। डा. बुढाथोकीले खोप कार्यक्रमको महत्त्वबारे जानकारी दिँदै आम नागरिकलाई यस अभियानमा सहभागी गराउन आह्वान गरेका छन्।

    कार्यक्रममा बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले खोपसम्बन्धी विस्तृत जानकारी गराउँदै, बुटवलमा उत्साहका साथ किशोरीहरूले खोप लगाइरहेको बताएका छन्। उनका अनुसार बुटवलमा करिब ११ हजार किशोरीलाई एचपीभी खोप दिइनेछ।

    ११ देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई लक्षित गर्दै सञ्चालन गरिएको खोप अभियानले पाठेघरको क्यान्सर जस्ता गम्भीर रोगहरू रोकथाम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ।



    lumbinisanjal   
  • २०८१ माघ २६, शनिबार ०३:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP