• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    जाजरकोटमा ढुङ्गाले लागेर टहरामा सुतेका दिदी बहिनीको ज्यान गयो

    • lumbinisanjal
    • २०८२ असार २०, शुक्रबार ०८:३६
    3.7K
    SHARES
    जाजरकोटमा ढुङ्गाले लागेर टहरामा सुतेका दिदी बहिनीको ज्यान गयो

    जाजरकोट ,२० असार । कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुङ्गाले लागेर ज्यान गएको छ ।

    टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको गएराति ज्यान गएको वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिनुभयो ।

    नियमित पानी परिरहेको र उनीहरुलाई टहरामाथिबाट खसेको ढुङ्गाले लागेको उहाँले बताउनुभयो ।

    नरबहादुर बुढाका दुई छोरी बाख्रा हेरचाहका लागि भूकम्पपीडितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेको समयमा ढुङ्गा खसेर लाग्दा ज्यान गएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

    जाजरकोट भूकम्पबाट प्रभावित जिल्ला हो ।



    lumbinisanjal   
  • २०८२ असार २०, शुक्रबार ०८:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP