• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    धुर्कोटमा डेंगीबारे जनचेतनामूलक अन्तरक्रिया, सरोकारवालाको सहभागिता

    • lumbinisanjal
    • २०८२ असार ११, बुधबार २२:२०
    4.3K
    SHARES
    धुर्कोटमा डेंगीबारे जनचेतनामूलक अन्तरक्रिया, सरोकारवालाको सहभागिता

    बासुदेव पोखरेल / गुल्मी, ११ असार । गुल्मीको धुर्कोट गाउँपालिकामा डेङ्गी रोगबारे जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

    बुधवार गाउँपालिकाको  सभाहलमा सम्पन्न कार्यक्रममा स्वास्थ्यकर्मीदेखि स्थानीय प्रतिनिधि, सुरक्षाकर्मी, शिक्षक, सञ्चारकर्मी लगायतको उल्लेखनीय सहभागीता रहेको थियो ।

    धुर्कोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख प्रेमलाल खनालले डेङ्गी लगायतका सरुवा रोगबारे प्राविधिक पक्ष प्रस्तुत गर्दै समुदायस्तरमै सचेतना फैलाउनु आवश्यक रहेको बताउनुभयो।

    उहाँका अनुसार लामखुट्टेको बासस्थान हटाउने, पानी जम्न नदिने, घर–परिवारको सरसफाइमा ध्यान दिने र सामूहिक जिम्मेवारीका साथ अघि बढ्नुपर्नेमा बताउनु भयो ।

    त्यस्तै, धुर्कोट आधारभूत अस्पतालका डा. लालबहादुर खत्रीले डेङ्गी संक्रमणको अवस्थाबारे तथ्य प्रस्तुत गर्दै जोखिम समूहहरूमा सचेतना, सतर्कता र शीघ्र उपचारका उपायहरूबारे जानकारी दिनुभयो ।

    कार्यक्रममा धुर्कोट गाउँपालिकाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, माध्यमिक विद्यालयका प्रधानाध्यापकहरू, स्थानीय स्वास्थ्य चौकीका प्रमुखहरू, बजार व्यवस्थापन समितिका प्रतिनिधिहरू, पत्रकार तथा स्थानीयबसी हरुको  सहभागीता रहेको थियो ।

    छलफलमा सहभागीहरूले विद्यालय, स्वास्थ्य संस्था र टोल–टोलमा सरसफाइ अभियान चलाउने, लामखुट्टे नियन्त्रणका उपायहरू अपनाउने र जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका थिए ।

    कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख प्रेमलाल खनालले गर्नुभएको हो । गाउँपालिकाले आगामी दिनमा विद्यालय र बस्ती केन्द्रित चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी समेत गरेको छ ।



    lumbinisanjal   
  • २०८२ असार ११, बुधबार २२:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP