• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    इरानबाट घर फर्केका बुटवलबासी पोख्रेल र गैरेलाई नगर प्रमुख पाण्डेको भेट

    • lumbinisanjal
    • २०८२ असार ११, बुधबार १८:४९
    5.6K
    SHARES
    इरानबाट घर फर्केका बुटवलबासी पोख्रेल र गैरेलाई नगर प्रमुख पाण्डेको भेट

    बुटवल ,११ असार । भारत सरकारको सहयोगमा इरानबाट उद्धार गरि भारत हुँदै बुटवल स्थित आफ्नो घर आइपुगेका २ जना बुटवलबासीलाई बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेले भेट गरेका छन् ।

    इरानको तेहरानबाट घर फर्केका बुटवलका गणेशप्रसाद पोखरेल र सुमन गैरेलाई उनीहरुको घरमै पुगेर नगर प्रमुख पाण्डेले भेट गरेका हुन् ।

    इरानबाट भारत हुँदै बेलहिया सीमानाकाबाट बुटवल आइपुगेका पोखरेल र गैरेलाई घरमा पुगेर भेटघाट गरेको नगर प्रमुख पाण्डेले बताए । बुटवल-१२ का गणेश पोखरेल र बुटवल-१३ का सुमन गैरे आजै अपरान्ह बेलहिया हुँदै आफ्नो घर आइपुगेका हुन् ।

     

    भेटका क्रममा उनीहरूले नेपाल सरकार परराष्ट्र मन्त्रालयले गरेको सहयोग र पहलका कारण आफुहरू जोखिमपूर्ण स्थानबाट आफ्नो घर सकुसल आईपुगेको बताए। नगर प्रमुख पाण्डेयले स्थानीय सरकारका रूपमा हुनसक्ने सहयोग र भूमिका निर्वाह गर्ने संघ सरकारसँग आवश्यक पहल गर्ने बताए।



    lumbinisanjal   
  • २०८२ असार ११, बुधबार १८:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP