• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    निर्वाचन आयोगले भन्यो- मुकुल ढकाल अझै रास्वपा महामन्त्री

    • lumbinisanjal
    • २०८२ असार ६, शुक्रबार १९:०६
    3.5K
    SHARES
    निर्वाचन आयोगले भन्यो- मुकुल ढकाल अझै रास्वपा महामन्त्री

    काठमाडौं,०६ असार  । निर्वाचन आयोगले आफ्नो हालसम्मको अभिलेखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री डा. मुकुल ढकाल नै रहेको भनी आफ्नो धारणा सार्वजनिक गरेको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र सदस्यहरूको १५ महिनाअघि हेरफेर भएको र त्यसयता केही अद्यावधिक नभएको भनी आयोगले पत्राचार गरेको हो ।

    राष्ट्रिय स्वतन्त्र पार्टीबाट कारबाहीमा परेका डा. मुकुल ढकालले गत बुधबार निर्वाचन आयोगमा अभिलेखको विवरण अद्यावधिक भए नभएकोवारे सूचना माग गरेर निवेदन लेखेका थिए । त्यसको जवाफमा आयोगले २० चैत, २०८० यता राष्ट्रिय स्वतन्त्र पार्टीको विवरण अद्यावधिक नभएको भनी जवाफ लेखेको हो ।

    निवेदक दिएकै दिन निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखामा कार्यरत शाखा अधिकृत उशा गजमेरले ढकालको नाममा पत्र लेखेकी हुन् ।२० चैत, २०८० मा निर्वाचन आयोगको बैठकले रास्वपाको विधानको दोस्रो संशोधन अभिलेखिकरण गरेको थियो ।

    त्यसक्रममा केही पदहरू हेरफेर भएका थिए ।त्यसअघि रास्वपामा सभापति रवि लामिछाने, उपसभापति डोल प्रसाद अर्याल र महामन्त्री तथा प्रवक्तामा डा. मुकुल ढकाल थिए ।

    त्यतिबेला आयोगले अद्यावधिक गरेको विवरणमा स्वर्णिम वाग्ले दोस्रो उपसभापतिमा मनोनयन भएका थिए भने महामन्त्री ढकाल चौथो बरियतामा थिए । – onlinekhabar बाट

     



    lumbinisanjal   
  • २०८२ असार ६, शुक्रबार १९:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP