• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न आदेश

    • lumbinisanjal
    • २०८२ असार ३, मंगलवार १८:१५
    3K
    SHARES
    रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न आदेश

    काठमाडौं,०३ असार ।  जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

    अदालतका न्यायाधीश तारादेवी महर्जनको इजलासले मंगलबार उनलाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

    यसअघि हाजिरी जमानीमा रिहा भएका मिश्र अदालतको सम्पर्कमा थिएनन् । उनी मंगलबार बिहान जिल्ला अदालतमा हाजिर भएका थिए ।

    यसअघि सोमबार अदालतले राप्रपाका महामन्त्री धवल शमशेर जबरालाई पनि धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।



    lumbinisanjal   
  • २०८२ असार ३, मंगलवार १८:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP