• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    गुल्मीको रुरु क्षेत्र गाउँपालिका र नागरिक लगानी कोषबिच सम्झौता

    • lumbinisanjal
    • २०८२ असार १, आईतवार १७:१२
    2.5K
    SHARES
    गुल्मीको रुरु क्षेत्र गाउँपालिका र नागरिक लगानी कोषबिच सम्झौता

    गुल्मी ,०१ असार । नागरिक लगानी कोष र गुल्मीको रुरु क्षेत्र गाउँपालिका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

    गाउँपालिका अध्यक्ष यदु ज्ञवाली र कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले हस्ताक्षर गरी सम्झौता गरेका हुन् । सम्झौता अनुसार पालिकाका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कल्याणकारी कोष व्यवस्थापन अन्तर्गत रुरु क्षेत्र गाउँपालिकाद्वारा सञ्चालित स्वयंसेविकाको कल्याणकारी कोषबाट प्रतिस्वास्थ्य स्वयंसेविकाको मासिक आठ सय ३० रुपैयाँ जम्मा गर्ने व्यवस्था गरिएको छ ।

    पालिकाबाट सञ्चालित स्वयंसेविका कल्याणकारी कोष व्यवस्थापन अन्तर्गत व्यक्तिगत खाताको रकम वा अन्य कुनै ऋण वा सहुलियत सम्बन्धित व्यक्ति वा हकवालालाई उपलब्ध गराउँदा पालिकाको सिफारिसको आधारमा मात्र उपलब्ध गराउन सकिने व्यवस्था मिलाइएको अध्यक्ष ज्ञवालीले बताए ।

    अध्यक्ष ज्ञवालीले महिला स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा पुर्याएकाे योगदानलाइ कदर गर्न पाउँदा खुशी लागेको बताए । उनले स्वास्थ्य कर्मी तथा स्वयं सेविकाहरूको ईमान्दारिता र मेहनतले रूरूक्षेत्र गाउँपालिकाकाो स्वास्थ्य अब्बल बन्दै गएको समेत बताए ।

    कोषका कार्यकारी निर्देशक कार्कीले पेन्सन योजनामा सहभागीको रकम सुरक्षित रहने र अवकाशपछि पेन्सन सुविधा पाउने जानकारी दिए ।उनले स्वआर्जनमा रहेका र अन्य क्षेत्रका स्थानीय बासीलाई सहभागिताको लागि आग्रह गरे ।

    यस योजनामा सहभागी स्वयंसेविकाहरूलाई पेन्सन योजना सञ्चालन कार्यविधि,२०७६ अनुसार स्वयंसेविका र पालिकाको तर्फबाट जम्मा भएको रकमका आधारमा जम्मा भएको रकम एकमुस्ट वा ६० वर्ष पुगेपछि पेन्सन उपलब्ध गराउनु पर्ने व्यवस्था सम्झौतामा उल्लेख छ ।

    सहभागीहरूलाई नागरिक पेन्सन योजनामा सहभागी भएको पाँच वर्ष पूरा भएपछि जम्मा भएको रकमको ८० प्रतिशतसम्मको रकम पालिकाको सिफारिसका आधारमा सापटी प्रदान गर्न सकिने व्यवस्था कोषले मिलाएको छ ।



    lumbinisanjal   
  • २०८२ असार १, आईतवार १७:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP