• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    रानीगञ्जमा व्यक्तिको जग्गालाई टोल समितले कब्जा गर्न खोजेको आरोप

    • lumbinisanjal
    • २०८२ असार ८, आईतवार १९:१३
    3.8K
    SHARES
    रानीगञ्जमा व्यक्तिको जग्गालाई टोल समितले कब्जा गर्न खोजेको आरोप

    बुटवल,०८ असार । बुटवल उपमहानगरपालिका वार्ड नम्बर १७ रानीगञ्जमा व्यक्तिको जग्गालाई केही व्यक्तिहरुले टोल समितको नाममा कब्जा गर्न खोजेको पिडितहरुले गुनासो गरेका छन् ।

    आईतबार रानीगञ्ज स्थित जग्गा परिसरमा समाजका अगुवाहरुलाई राखेर जनमाया पुलामी र भूमिका सोमैले मेहनतले २०७४ सालमा अव्यवस्थित बस्तीको जग्गा खरिद गरेको बताउँदै आफुहरु अन्यायमा परेको गुनासो गरेका हुन् ।

    बस्ती नबस्दै २०६४ सालमा स्थानीय हरीलाल न्यौपानले २०६२ सालमा राजेशमान श्रेष्ठबाट एक लाख ६० हजार रुपैयाँमा जग्गा खरिद गरेको, त्यही जग्गा २०६४ सालमा तुलबहादुर सारुले खरिद गरी २०७४ मा जनमाया र भूमिकाले एक कठ्ठा जग्गा खरिद गरेको बताएका छन् ।

    पत्रकार सम्मेलनमा पिडितका तर्फबाट आफन्ती सूर्यबहादुर गाहा मगरले आफूहरुमाथि ठूलो अन्याय भएको बताए । उनले बुटवलमा बसोबास गर्ने उदेश्यले सुकुम्बासीमा आएर जग्गा किनेको बताउँदै भदीनीहरुले आफ्नै जग्गामा बस्न नपाउने अवस्था भएको बताए ।

    जग्गा किनेको जग्गामा टोल समितिका नाममा प्रेमसागर तिवारीको नेतृत्वमा बुद्धको मूर्ती गाडेर व्यक्तिको जग्गा अतिक्रमण गरिएको उनको आरोप छ । त्यसयता निरन्तर वडा, उपमहानगर हुँदै प्रहरी प्रशासम्म धाइरहेको भएपनि आफूमाथि अन्याय गर्नेक्रम बढ्दै गएको उनले बताए ।

    जनशक्ति टोल समितिले सार्वजनिक जग्गा हडप्न खोजेको भन्दै विरोध जनाउँदै आएको छ । तर, त्यस क्षेत्रमा रहेका अन्य टोल समितिले भने जनमाया र भूमिकाले जग्गा खरिद गरेकाले उनीहरुले पाउनुपर्ने बताउँदै आएका छन् । शुरुमा जग्गा विक्रि गरेका हरिलाल न्यौपानेले आफूले राजेशमान श्रेष्ठबाट जग्गा किनेर तुलबहादुर सारुलाई विक्रि गरेको बताउँदै यो सार्वजनिक जग्गा नभएको बताए ।

    यस्तै दोस्रो जग्गा धनी तुलबहादुर सारुले आफूले हरिलालबाट जग्गा किनेर दुईजनालाई विक्रि गरेको बताउँदै अव्यवस्थित बसोबासको जग्गामा अनावश्यक रुपमा विवाद गरिएको बताए । नमूना टोल विकास संस्थाका अध्यक्ष समेत रहेका चिनबहादुर थापाले जग्गा किनेकाहरु पिडित भएको बताउँदै यसको छानविनका लागि सबैपक्षलाई आग्रह गरे ।

    उनले पटक पटक छलफल हुँदा जग्गा खरिद गरेकाहरुको प्रमाण बलियो रहेको दावी गरे । जनमाया र भूमिकाले २०७७ सालमा अव्यवस्ति बसोबासीका रुपमा लालपूर्जाका लागि निवेदन दर्ता गराएको प्रमाण समेत पत्रकार सम्मेलनमा सार्वजनिक गरेका थिए ।



    lumbinisanjal   
  • २०८२ असार ८, आईतवार १९:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP