• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    गुल्मी – सिर्सेनी समाज रुपन्देहीको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

    • lumbinisanjal
    • २०८१ माघ २१, सोमबार १९:४१
    2.1K
    SHARES
    गुल्मी – सिर्सेनी समाज रुपन्देहीको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

    बुटवल , २२ माघ । गुल्मी – सिर्सेनी समाज रुपन्देहीको बुटवलको देविनगरमा सम्पन्न तेस्रो बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले भिष्मराज अर्यालको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन  गरेको छ ।

    समाजको वरिष्ठ उपाध्यक्षमा ऋषि भट्टराई ,  महिला उपाध्यक्षमा गंगा खड्का कुँवर ,सचिवमा जयन्त घर्ती  , कोषाध्यक्षमा ज्ञानु अर्याल र सदस्यहरुमा बिपना नानु अर्याल ,डा शिसिर अर्याल  ,टेक राज अर्याल र  विष्णु पुरी सर्वसम्मत रुपमा चयन भएका छन् ।

    रोमलाल पुरीको संयोजकत्वमा गठन भएको निर्वाचन मण्डलले सर्वसम्मत रुपमा नया कार्यसमिति चयन गरेको हो ।

    कार्यक्रम मदाने गाउँपालिका ३ सिर्सेनिका पुर्व वडाध्यक्ष नारायण  घर्तीको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा अथिति , समाजका प्रमुख सल्लाहकारको उपस्तिथि रहनुका साथै शुभकामना मन्तव्य दिएका थिए ।

    कार्यक्रममा  बिशिष्ठ सदस्य ,आजीवन सदस्य , साधारण सदस्य तथा  गुल्मीको सिर्सेनी बाट रुपन्देही आएर बिभिन्न पेशा व्यवसाय आवद्ध उल्लेख्य सर्वसाधारणको उपस्थिति रहेको थियो ।

    कार्यसमितिको पहिलो बैठकले आदर्श भट्टराई र हरि केसि लाई कार्यसमिति सदस्यमा मनोनित गरेर एघार सदस्य पुर्याएको  छ ।

    हाल सम्म आजिवन सदस्य २५,बिशिस्ट सदस्य २० र ७८ साधारण सदस्य रहेको सदस्य हरि केसिले  बताए । रुपन्देहीमा आएर बिभिन्न पेशा ब्यवसायमा आबद्ध भएका ,बसाइ सराइ गरेर पनि रुपन्देही र आसपासका जिल्लामा  कर्मथलो बनाएका सिर्सेनी बासिलाइ संगठित गर्ने र बिशुद्ध सामाजिक सेवाको भावका साथ स्थापित समाजले आफ्नो अगुवाइमा सहयोगी हातहरु संग समन्वय गरि गुल्मीको सिर्सेनिमा बृहत् स्वास्थ्य शिविर र रक्तदान जस्ता कार्यक्रम  सम्पन्न गरेको छ भने आयश्रोत कमजोर भएर बिभिन्न समस्यामा परेका सिर्सेनी बासीलाई समाजको पहलमा सक्दो आर्थिक तथा अन्य सहयोग गर्ने गरेको अध्यक्ष भिष्म अर्यालले बताए ।

    कार्यक्रममा अध्यक्ष भिष्म अर्यालले प्रगति प्रतिवेदन काेषाध्यक्ष ज्ञानु अर्यालले आर्थिक प्रतिवेदन पेश गरेका थिए भने कार्यक्रमको संचालन सचिव महेन्द्र अर्यालले गरेका थिए । साथै सभाले बिधानमा केहि संसोधन  गर्नु पर्ने आवश्यता देखिएमा त्यस लाई औल्याइ बिज्ञहरुको राय सुझावमा उक्त काम सम्पन्न गर्न उपाध्यक्ष ऋषि भट्टराई लाई जिम्मा दिएको छ ।



    lumbinisanjal   
  • २०८१ माघ २१, सोमबार १९:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP