• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    रुरुक्षेत्रमा भजन प्रतियोगिता सम्पन्न ,ग्वादी भजन समूह प्रथम

    • lumbinisanjal
    • २०८२ जेष्ठ १४, बुधबार १०:३९
    2.7K
    SHARES
    रुरुक्षेत्रमा भजन प्रतियोगिता सम्पन्न ,ग्वादी भजन समूह प्रथम

    गुल्मी, १४ जेठ  । गुल्मीको रुरुक्षेत्रमा पालिकास्तरीय लोक भजन प्रतियोगिता सम्पन्न भएको छ । रुरुक्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्त्वलाई थप उजागर गर्नका लागि आयोजना गरिएको लोक भजन प्रतियोयागितामा ग्वादी भजन समूह प्रथम भएको रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।

    भजन प्रतियोगितामा पालिका भित्रका भजन कीर्तनमा क्रियाशिल भजन समूह, समिति, धाम तथा मन्दिर सञ्चालक समितिहरु र अन्य सामाजिक संस्थाहरु गरी दस समूहले सहभागिता जनाएका थिए । प्रतियोगितामा रुरुक्षेत्र भजन समूह च्युरेक द्वितीय, चौतारा भजन समूह तृतीय र श्रृङ्गेश्वर भजन कृतन सत्संग समूह सान्त्वना भएको उहाँले बताउनुभयो ।

    प्रशासकीय अधिकृत पाण्डेका अनुसार प्रतियोगितामा प्रथम भएको ग्वादी भजन समूहले नगद २० हजार, द्वितीय भएको रुरुक्षेत्र भजन समूह च्युरेकले नगद १५ हजार, तृतीय भएको चौतारा भजन समूहले नगद दस हजार र सान्त्वना भएको श्रृङ्गेश्वर भजन कृतन सत्संग समूहले नगद पाँच हजार रुपियाँसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

    त्यस्तै, श्रृङ्गेश्वर भजन कृतन सत्संग समूहकै शान्ता अधिकारी उत्कृष्ट नृत्यमा पुरस्कृत हुनुभएको छ । उहाँलाई नगद दुई हजार रुपियाँसहित प्रमाणपत्र प्रदान गरिएको बताइएको छ । कला संस्कृतिलाई संरक्षण गर्दै रुरुक्षेत्र गाउँपालिकाको पहिचान स्थापित गर्न भजन प्रतियोगिता सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ १४, बुधबार १०:३९
  • #rurukshetra rural municipality

    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP