• २०८३ आश्विन ८ | Thu, 24 Sep 2026
  • Dark Mode

          Subscribe

    देउवाले कहीँ नबोलेको, नभनेको कुरालाई प्रचार गर्नु अनैतिक- कांग्रेस

    • lumbinisanjal
    • २०८२ जेष्ठ ८, बिहीबार १७:१६
    4.4K
    SHARES
    देउवाले कहीँ नबोलेको, नभनेको कुरालाई प्रचार गर्नु अनैतिक- कांग्रेस

    काठमाडौं,८ जेठ । नेपाली कांग्रेसले आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्न प्रतिबद्ध रहेको जनाएको छ । केही सञ्चारमाध्यममा सभापति शेरबहादुर देउवालाई जोडेर समाचार प्रकाशन भएपछि कांग्रेसले पार्टीको धारणा दोहोर्‍याएको हो ।

    ‘नेपाली कांग्रेस सबै आन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई रक्षा गर्न प्रतिबद्ध रहेको दोहोर्‍याउँदै यस्ता समाचारप्रति विश्वास नगर्न आम नागरिकलाई अपिल गर्दै अव्यक्त कुरा सञ्चार माध्यममा सम्प्रेषण नगर्न सञ्चारकर्मी मित्रहरूलाई आग्रह गर्दछ,’ मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।

    कसैले क्षणिक स्वार्थ पूर्ति गर्न राजसंस्था बारे सभापति देउवाको धारणा भन्दै सञ्चार माध्यममा गलत सूचना सम्प्रेषण गर्नु अनैतिक र आपत्तिजनक भएको कांग्रेसले प्रष्ट पारेको छ ।

    ‘उहाँले कहीँ कतै नबोलेको, नभनेको र नसोचेको कुरालाई मनगढन्ते ढंगले आम सञ्चारको माध्यमलाई दुरुपयोग गर्दै प्रचारमा ल्याउनु पत्रकारिताको मर्म र भावना विपरीत हो,’ विज्ञप्तिमा लेखिएको छ, ‘जो सुकैले यस्तो कार्य गरेको भएता पनि यस्ता भ्रामक र कपोलकल्पित समाचारको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ ।’



    lumbinisanjal   
  • २०८२ जेष्ठ ८, बिहीबार १७:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP