• २०८३ भाद्र ९ | Tue, 25 Aug 2026
  • Dark Mode

          Subscribe

    यौन व्यवसायलाई व्यवसायीकरण गरेर पर्यटक भित्र्याऔँ, देशको विकास हुन्छः कांग्रेस प्रमुख सचेतक घिमिरे

    • lumbinisanjal
    • २०८१ चैत्र ४, सोमबार ०५:२४
    2.7K
    SHARES
    यौन व्यवसायलाई व्यवसायीकरण गरेर पर्यटक भित्र्याऔँ, देशको विकास हुन्छः कांग्रेस प्रमुख सचेतक घिमिरे

    काठमाण्डौ ०४ चैत । सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले यौनजन्य व्यवसायलाई व्यवसायीकरण गरेर देशमा पर्यटक भित्र्याउन सकिने दाबी गरेका छन । आज (आइतबार) बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै प्रमुख सचेत सचेतक घिमिरेले यस्तो बताएका हुन । उनले संसारमा सबैभन्दा बढी पर्यटक मनोरञ्जन क्षेत्रको हुने भन्दै देशको आर्थिक विकासका लागि यौन व्यवसायलाई व्यवसायीकरण गर्नुपर्ने बताएका छन ।

    उनले भने, ‘निश्चित ठाउँहरू तोकेर मदिराका लागि छुट्टै, मनोरञ्जनका लागि छुट्टै, यौन व्यवसायलाई पनि व्यवसायीकरण गरौँ, जसले यो मुलुकमा पर्यटकको संख्यालाई बढाउँछ, धार्मिक पर्यटकहरूले खर्च कम गर्छन्’, उनले भने, ‘एडभेञ्चरको पर्यटक थोरै मात्रामा हुन्छन्, सबैभन्दा बढी पर्यटक संसारमै हुने भनेको मनोरञ्जनका पर्यटक हो, त्यसलाई आकर्षण गर्न सकियो भने यो मुलुकको आर्थिक विकास हुन्छ, त्यो कुरा उठाइदिएको भए क्या काइदा हुने थियो विपक्षले ।’



    lumbinisanjal   
  • २०८१ चैत्र ४, सोमबार ०५:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP