• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    कम्युनिस्ट गढ भत्काएर संसद पुगेका सन्दीप राना कांग्रेसको केन्द्रीय सदस्यका उम्मेदवार

    • lumbinisanjal
    • २०८३ आश्विन २०, मंगलवार १९:१७
    494
    SHARES
    कम्युनिस्ट गढ भत्काएर संसद पुगेका सन्दीप राना कांग्रेसको केन्द्रीय सदस्यका उम्मेदवार

    बुटवल । पाल्पा क्षेत्र नम्बर १ बाट निर्वाचित युवा सांसद सन्दीप रानाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्।

    नेपाल विद्यार्थी संघको राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका राना युवा पुस्ताका आशा र भरोसाका पात्रका रूपमा परिचित छन्। उनी नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका सदस्यसमेत हुन्।

    वि.सं. २०४८ सालदेखि निरन्तर कम्युनिस्टको गढ मानिँदै आएको पाल्पा–१ मा कांग्रेसबाट निर्वाचित भएर रानाले आफ्नो राजनीतिक क्षमता र लोकप्रियता प्रमाणित गरेका छन्।

    लामो समयदेखि कम्युनिस्टको प्रभाव रहेको क्षेत्रमा विजय हासिल गरेका रानालाई युवा पुस्ताको प्रतिनिधित्व गर्ने आशालाग्दा नेताका रूपमा हेरिएको छ।

    युवा नेतृत्व, संगठनात्मक अनुभव र संसदीय भूमिकालाई थप सशक्त बनाउने लक्ष्यसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका रानाको उम्मेदवारीलाई कांग्रेसको नयाँ पुस्ताको आशा र भरोसाका रूपमा हेरिएको छ।



    lumbinisanjal   
  • २०८३ आश्विन २०, मंगलवार १९:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP