• २०८३ कार्तिक २८ | Fri, 13 Nov 2026
  • Dark Mode

          Subscribe

    शिक्षा, साहित्य र सामाजिक क्षेत्रमा सक्रिय कविता पन्थीको प्रदेश प्रतिनिधिमा उम्मेदवारी

    • lumbinisanjal
    • २०८३ आश्विन ११, आईतवार १६:३९
    455
    SHARES
    शिक्षा, साहित्य र सामाजिक क्षेत्रमा सक्रिय कविता पन्थीको प्रदेश प्रतिनिधिमा उम्मेदवारी

    रुपन्देही । शिक्षा, साहित्य, बौद्ध दर्शन, महिला सशक्तीकरण तथा सामाजिक सेवाका क्षेत्रमा सक्रिय कविता पन्थीले लुम्बिनी प्रदेश प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेकी छन्।

    उनले रुपन्देही क्षेत्र नं. २ (क) बाट प्रदेश प्रतिनिधिका लागि उम्मेदवारी दिएकी हुन्। नेपाली, बौद्ध दर्शन तथा पत्रकारितामा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेकी पन्थी लामो समयदेखि शिक्षा, साहित्य तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएकी छन्।
    पन्थी लुम्बिनी वाङ्मय प्रतिष्ठानकी केन्द्रीय सदस्य तथा रुपन्देही उपाध्यक्ष, मानव कल्याण मित्र मञ्चकी महासचिव र मैत्रेयी महिला आवाजकी संस्थापक अध्यक्ष हुन्।

    उनी लेखक तथा सर्जकका रूपमा समेत सक्रिय रहनुका साथै शिक्षिका तथा प्राध्यापकका रूपमा शैक्षिक क्षेत्रमा योगदान पुर्‍याउँदै आएकी छन्।

    शिक्षा, साहित्य र बौद्ध दर्शनसँगै महिला सशक्तीकरण र सामाजिक सेवाका क्षेत्रमा काम गर्दै आएकी पन्थीले आफ्नो अनुभवलाई संगठन, समाज र समुदायको विकाससँग जोड्ने उद्देश्यसहित प्रदेश प्रतिनिधिमा उम्मेदवारी दिएको बताएकी छन्।

    उनको उम्मेदवारीले शिक्षा, साहित्य, महिला नेतृत्व र सामाजिक क्षेत्रको प्रतिनिधित्वलाई राजनीतिक संगठनमा थप जोड दिने अपेक्षा गरिएको छ।



    lumbinisanjal   
  • २०८३ आश्विन ११, आईतवार १६:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP