• २०८३ आश्विन ८ | Thu, 24 Sep 2026
  • Dark Mode

          Subscribe

    स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा अमृत पाण्डेयको उम्मेदवारी घोषणा

    • lumbinisanjal
    • २०८३ आश्विन ८, बिहीबार २०:०२
    52
    SHARES
    स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा अमृत पाण्डेयको उम्मेदवारी घोषणा

    स्याङ्जा । विद्यालय जीवनदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएका अमृत पाण्डेयले नेपाली कांग्रेसको आगामी महाधिवेशनमा स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।

    लुम्बिनी वाणिज्य क्याम्पसको नेपाल विद्यार्थी संघ (नेविसंघ) इकाइ सचिव हुँदै नेविसंघका विभिन्न जिम्मेवारी सम्हालेका पाण्डेयले विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा अघि बढाएका हुन्। संगठन निर्माण, विद्यार्थीका मुद्दा तथा पार्टीका विभिन्न गतिविधिमा उनी सक्रिय रहँदै आएका छन्।

    पाण्डेयले नेपाल प्रेस युनियनमा समेत लामो समय काम गरेको अनुभव छ । पत्रकारिता, संगठन र राजनीतिक अनुभवसँगै नेपाली कांग्रेसको गतिविधिमा निरन्तर सक्रिय उनी यसअघि स्याङ्जा–२(ख) बाट प्रदेश प्रतिनिधिसमेत बनेका थिए।

    विद्यार्थी राजनीति, प्रेस युनियन र पार्टी संगठनमा हासिल गरेको अनुभवलाई आधार बनाउँदै कांग्रेसको महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी हुने उद्देश्यले उम्मेदवारी घोषणा गरेको पाण्डेयले बताएका छन्।

    युवा पुस्ताको सहभागिता बढाउने, संगठनलाई थप सक्रिय बनाउने तथा पार्टीभित्र विचार र संवादलाई प्राथमिकता दिने विषयलाई आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण एजेन्डाका रूपमा अघि सारेको पाण्डेयले बताएका छन्।



    lumbinisanjal   
  • २०८३ आश्विन ८, बिहीबार २०:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP