• २०८३ आश्विन ६ | Tue, 22 Sep 2026
  • Dark Mode

          Subscribe

    बुटवलमा ग्यासको अभाव, उपभोक्ता भन्छन्– ‘अब खाना कसरी पकाउने?’

    • lumbinisanjal
    • २०८३ श्रावण १८, सोमबार १०:३३
    364
    SHARES
    बुटवलमा ग्यासको अभाव, उपभोक्ता भन्छन्– ‘अब खाना कसरी पकाउने?’

    बुटवल  । पछिल्लो समय बुटवलसहित आसपासका क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव भएको भन्दै उपभोक्ताबाट व्यापक जनगुनासो आउन थालेको छ। बजारमा सहज रूपमा ग्यास उपलब्ध नहुँदा सर्वसाधारण दैनिक उपभोगमै सास्ती खेप्न बाध्य भएका छन्।

    उपभोक्ताका अनुसार अधिकांश डिलर तथा पसलमा ग्यास सिलिन्डर खोज्दा ‘स्टक सकिएको’ जवाफ पाइने गरेको छ। कतिपयले एक पसलबाट अर्को पसल धाउँदा पनि ग्यास नपाएको गुनासो गरेका छन्। यसले दैनिक खाना पकाउने कार्यसमेत प्रभावित भएको उनीहरूको भनाइ छ।

    अन्यत्रका जिल्लाबाट अध्ययनका लागि बसेका विद्यार्थीलाई झन समस्या निम्तिएको छ । पढ्ने समयमा ग्यास खोज्दै हिड्न परेको र ग्यास नपाइएको गुनासो विद्यार्थीहरुको छ।

    ग्यास अभावको वास्तविक कारणबारे सम्बन्धित निकायले स्पष्ट जानकारी नदिँदा उपभोक्तामा अन्योल बढेको छ। आपूर्ति प्रणालीमा समस्या आएको हो वा कृत्रिम अभाव सिर्जना गरिएको हो भन्ने विषयमा समेत विभिन्न आशंका व्यक्त भइरहेका छन्।
    उपभोक्ताले बजारमा ग्यासको नियमित र सहज आपूर्ति सुनिश्चित गर्न तथा कृत्रिम अभाव र कालोबजारी भए–नभएको विषयमा सम्बन्धित निकायले तत्काल अनुगमन गरी आवश्यक कारबाही गर्न माग गरेका छन्।

    यता, सम्बन्धित ग्यास उद्योग, वितरक तथा नियामक निकायले ग्यास अभावको कारण र आपूर्ति अवस्थाबारे आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने आवश्यकता देखिएको छ।

     



    lumbinisanjal   
  • २०८३ श्रावण १८, सोमबार १०:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP