• २०८३ आश्विन १८ | Sun, 04 Oct 2026
  • Dark Mode

          Subscribe

    फेरियो गगनको ‘सेड्युल’, रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन आउँदै

    • lumbinisanjal
    • २०८३ असार ७, आईतवार ११:१४
    650
    SHARES
    फेरियो गगनको ‘सेड्युल’, रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन आउँदै

    बुटवल , ७ असार । नेपाली कांग्रेसका सभापति गगन थापा रास्वपाको महाधिवेशनमा सहभागी हुने भएका छन्।

    कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरीको जानकारीअनुसार सभापति थापा चितवन आउँदै छन्।

    कांग्रेस सभापति थापाले सुरुमा उपसभापति पुष्पा भुसाललाई पठाउने निर्णय गरेका थिए।

    तर, आज बिहान सभापति थापा आफैँ रास्वपाको महाधिवेशन उद्‌घाटनमा सहभागी हुने निष्कर्षमा पुगेका हुन्।

    सहमहामन्त्री चौधरीका अनुसार यसअघि सभापति थापा नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल थारु संघको आज हुने कार्यक्रमको प्रमुख अथिति बन्ने तालिका थियो।

    तर उनी रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन आउने भएपछि थारु संघको कार्यक्रममा उपसभापति भुसाल सहभागी हुने उनले जानकारी दिए।

    आज बिहान मात्र कांग्रेस सभापति थापाले सामाजिक सञ्जालमार्फत रास्वपा सभापति रवि लामिछानेलाई महाधिवेशनको शुभकामना दिएका थिए।



    lumbinisanjal   
  • २०८३ असार ७, आईतवार ११:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP