• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    योगिकुटीमा रहेको देवस्थल मन्दिरमा महाशिवरात्रीको अवसरमा जलार्पण

    • lumbinisanjal
    • २०८१ फाल्गुन १५, बिहीबार ०४:३२
    2.1K
    SHARES
    योगिकुटीमा रहेको देवस्थल मन्दिरमा महाशिवरात्रीको अवसरमा जलार्पण

    बुटवल,१५ फाल्गुन । फाल्गुण कृष्ण चतुर्दशीका दिन मनाईने महाशिवरात्री पर्व बुधबार देशभर शिवजीको मुर्तीमा पुजा आराधना गरी मनाईदैछ । सोही अवसरमा देशका विभिन्न मठमन्दिरहरुमा दर्शनार्थीहरुको भिड लागिरहेको छ । यसै बीच बुटवल – ११ योगीकुटीस्थित देवस्थल मन्दिरमा महाशिवरात्रकिो अवसरमा बिहानैदेखि दर्शन गर्नेहरुको चहलपहल बढेको छ ।

    देवस्थल मन्दिर सञ्चालक समितिका अध्यक्ष अशोक गुरुङले महाशिवरात्रीको सन्ध्याकालीन समयमा महाआरती, ताण्डव नृत्य, भजनकिर्तन र शिव धुन गरी बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यतामा र गो–स्वामी योगी सोमराजजी महाराजको विशिष्ट आतिथ्यतामा भव्यरुपमा मनाईने बताए ।

    मन्दिर व्यवस्थापन समितिका वरिष्ठ उपाध्यक्ष पुष्पा शर्माले महाशिवरात्रीको महान पर्वमा सबै भक्तजनहरुलाई सहजरुपमा दर्शन गर्ने व्यवस्था भएकोले सबैलाई अवलोकन गर्न आग्रह गरिन् । खासगरी यस दिन भगवान शिवको आराधना गरी उनको कृपा प्राप्त गर्ने विस्वास लिने भएकाले महाशिवरात्री पर्वलाई केवल धार्मिक दृष्टिकोणबाट मात्र होइन, बरु साँस्कृतिक र सामाजिक दृष्टिकोणबाट पनि महत्वपूणृ मानिने मन्दिरका उपाध्यक्ष यदुनाथ पाण्डेले बताए ।

    त्यस्तैगरी मन्दिर व्यवस्थापन समितिका सचिव तथा कार्यक्रम संयोजक कमल नेपालले नेपालबाट महाभारततर्फ प्रस्थान गर्ने मुख्य द्वारका रुपमा पाँच सय वर्ष भन्दा पनि पुरानो मन्दिर रहेको बताए । उनले महाशिवरात्रीका अवसरमा विहान ४ बजेदेखि मन्दिरमा भक्तजनहरुको घुईचो लागेको र बिहान १० बजेसम्म ५ हजार श्रद्धालु भक्तजनहरुले दर्शन गरेको बताए । सहसचिव रनमाया चापागाईं, सञ्चालक समिति सदस्य एकदेव न्यौपाने, मूल्यांकन समिति संयोजक मणि भण्डारी, व्यवस्थापक लक्ष्मी घिमिरेलगायतको सहभागितामा भव्यरुपमा कार्यक्रम गरी महाशिवरात्री पर्व मनाईदैछ ।

    यसैबीच बुटवल–११ देवीनगरमा लोक सेवाको कक्षा सञ्चबलन गर्दै आएको चैतन्य एकेडेमीले सोही अवसरमा मन्दिर प्राङगणमा निःशुल्क रुपमा जलपान तथा प्रसाद वितरण गरेको छ । चैतन्य एकेडेमीका बुटवल शाखा प्रमुख दीपक ढकालले बोल्दै व्यवसायसंगै सामाजिक कार्यमा पनि सरिक भएको बताए ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन १५, बिहीबार ०४:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP