• २०८३ श्रावण २९ | Fri, 14 Aug 2026
  • Dark Mode

          Subscribe

    २४ वर्षमा फ्रान्सले लियो बदला, सेनेगल ३-१ गोलले पराजित

    • lumbinisanjal
    • २०८३ असार ३, बुधबार ०७:०४
    585
    SHARES
    २४ वर्षमा फ्रान्सले लियो बदला, सेनेगल ३-१ गोलले पराजित

    बुटवल , ३ असार । फिफा विश्वकप २०२६ अन्तर्गतको आफ्नो पहिलो खेलमा फ्रान्स विजयी भएको छ ।

    मंगलबार राति अमेरिकाको न्यु जर्सी रंगशालामा भएको खेलमा सेनेगललाई ३-१ गोलले हराउँदै फ्रान्स विजयी भएको हो ।

    योसँगै फ्रान्सले सेनेगलसँग २४ वर्षपछि बदला लिएको छ । सन् २००२ को विश्वकपमा फ्रान्स सेनेगलसँग पराजित भएको थियो ।

    फ्रान्सको जितमा किलियन एम्बाप्पेले दुई तथा ब्राडली बार्कोला १ गोल गरे । एम्बाप्पेले ६६औँ मिनेटमा पहिलो र इन्जुरी समयमा दोस्रो गोल गरे । भने, बार्कोला ८२औँ मिनेटमा गोल गरेका थिए ।

    सेनेगलले इन्जुरी समयको अन्तिमतिर एक गोल फर्काएको हो । सेनेगलका इब्राहिम एमबायेले गोल गरेका हुन् ।



    lumbinisanjal   
  • २०८३ असार ३, बुधबार ०७:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP