• २०८३ जेष्ठ ३० | Sat, 13 Jun 2026
  • Dark Mode

          Subscribe

    बुटवल ‘पूर्ण खोप दिगोपना सुनिश्चितता’ पालिका घोषणा

    • lumbinisanjal
    • २०८३ जेष्ठ २७, बुधबार १७:४९
    91
    SHARES
    बुटवल ‘पूर्ण खोप दिगोपना सुनिश्चितता’ पालिका घोषणा

    बुटवल, २७ जेठ । बुटवल उपमहानगरपालिकालाई “पूर्ण खोप दिगोपना सुनिश्चितता” पालिका घोषणा गरिएको छ। बुधबार आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख तथा जिल्ला खोप समन्वय समिति अध्यक्ष उमाकान्त चपाई, बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रतिनिधिलगायतको उपस्थितिमा बुटवललाई औपचारिक रूपमा पूर्ण खोप दिगोपना सुनिश्चितता पालिका घोषणा गरिएको हो।

    कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख चपाईले सबै सरोकारवाला निकाय, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्वयंसेविकाको निरन्तर प्रयासका कारण बुटवलले यो उपलब्धि हासिल गर्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा समेत यस अवस्थालाई कायम राख्नुपर्नेमा जोड दिए।

    नगर प्रमुख खेलराज पाण्डेयको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्याल, स्वास्थ्य कार्यालय नवलपरासीका वरिष्ठ जनस्वास्थ्य अधिकृत भेषराज शर्मा, स्वास्थ्य कार्यालय रुपन्देहीका फोकल पर्सन डिलाराम भुसाल, कालिका मानवज्ञान माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनेश कुमार थापा, सामुदायिक स्वास्थ्य स्वयंसेविका सञ्जाल बुटवल उपमहानगरपालिकाकी संयोजक माया गौतम तथा स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेयले पूर्ण खोप सुनिश्चितताको आवश्यकता, महत्व र यसको दिगोपनाबारे धारणा राखेका थिए।

    स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेयका अनुसार नगरभित्र १५ महिनामुनिका १ हजार ७६७ जना र १६ देखि ५९ महिनासम्मका ४ हजार ५१३ जना गरी कुल ६ हजार २८० बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गतका सबै खोप प्राप्त गरेको सुनिश्चित भएपछि बुटवललाई पूर्ण खोप दिगोपना सुनिश्चितता पालिका घोषणा गरिएको हो।

    घोषणा कार्यक्रममा बुटवल उपमहानगरपालिकाका १ देखि १९ वटै वडालाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गर्दै प्रमाणपत्रसमेत प्रदान गरिएको थियो।

    पूर्ण खोप सुनिश्चिततासँगै बुटवलले बालबालिकाको स्वास्थ्य सुरक्षा, रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि तथा जनस्वास्थ्य प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको सरोकारवालाहरूले बताएका छन्। 



    lumbinisanjal   
  • २०८३ जेष्ठ २७, बुधबार १७:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP