• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    अघिल्लो सरकारबाट नियुक्ति पाएका १५९४ जना पदाधिकारी अब पदमुक्त हुनेछन्: असिम शाह

    • lumbinisanjal
    • २०८३ बैशाख २०, आईतवार ०७:२३
    455
    SHARES
    अघिल्लो सरकारबाट नियुक्ति पाएका १५९४ जना पदाधिकारी अब पदमुक्त हुनेछन्: असिम शाह

    बुटवल ,२० वैशाख । प्रधानमन्त्री बालेन शाह (बालेन)का राजनीतिक सल्लाहकार असिम शाहले अब अघिल्लो सरकारबाट विभिन्न निकायमा नियुक्ति पाएका सबै पदाधिकारी एकमुष्टरुपमा पदमुक्त हुने बताएका छन्।

    सामाजिक सञ्जालमा उनले राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेसँगै सबै राजनीतिक नियुक्तिहरु एकमुष्ट रुपमा पदमुक्त हुने बाटो खुलेको बताएका हुन्।

    ‘सम्मानीय राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गर्नुभएको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सम्मानीय प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने उद्देश्यले चालेको यो कदमसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल १,५९४ जना पदाधिकारीहरू एकमुष्ट रूपमा पदमुक्त हुनेछन्।’

    सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेका आठमध्ये ६ वटा अध्यादेश राष्ट्रपति पौडेलले जारी गरिसकेका छन्। शनिबार मात्रै राष्ट्रपति पौडेलले तीनवटा अध्यादेश जारी गरेका थिए।

    जसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ पनि छ। यो अध्यादेश जारी भएसँगै वर्तमान सरकारलाई अब संस्थान, प्रतिष्ठान, आयोग, कोष, विश्वविद्यालय, निगम, विमा लगायतका सबै निकायमा नयाँ नियुक्ति गर्न बाटो खुलेको छ।



    lumbinisanjal   
  • २०८३ बैशाख २०, आईतवार ०७:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP