• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    बुटवलमा ‘बा–आमासँग नगरप्रमुख’ कार्यक्रम प्रभावकारी : १७५५ ले ल्याव सेवा, १३१२ ले चिकित्सक सेवा लिए

    • lumbinisanjal
    • २०८३ बैशाख २४, बिहीबार ००:१४
    247
    SHARES
    बुटवलमा ‘बा–आमासँग नगरप्रमुख’ कार्यक्रम प्रभावकारी : १७५५ ले ल्याव सेवा, १३१२ ले चिकित्सक सेवा लिए

    बुटवल,२४ वैशाख । बुटवल उपमहानगरपालिकाका विभिन्न वार्डमा सञ्चालन भइरहेको ‘बा–आमासँग नगरप्रमुख’ कार्यक्रममार्फत ज्येष्ठ नागरिकहरूले उल्लेखनीय रूपमा स्वास्थ्य सेवा लिएका छन्। वैशाख २३ गतेसम्मको तथ्यांक अनुसार १,७५५ जना ज्येष्ठ नागरिकले ल्याव (प्रयोगशाला) सेवा तथा १,३१२ जनाले चिकित्सक सेवा लिएका छन्।

    उपमहानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेका अनुसार कार्यक्रमले ज्येष्ठ नागरिकलाई घरआँगनमै सहज रूपमा स्वास्थ्य परीक्षण र परामर्श सेवा उपलब्ध गराउँदै आएको छ। उनले यो अभियानले ज्येष्ठ नागरिकमा स्वास्थ्यप्रति सचेतना बढाउनुका साथै समयमै रोग पहिचानमा ठूलो सहयोग पुगेको बताए । “बा–आमासँग नगरप्रमुख कार्यक्रममार्फत ज्येष्ठ नागरिकलाई लक्षित गरी ल्याव तथा चिकित्सक सेवा प्रदान गरिएको छ। वैशाख २३ गतेसम्म १,७५५ जनाले ल्याव सेवा र १,३१२ जनाले चिकित्सक सेवा लिनुभएको छ। यसले स्वास्थ्य पहुँच विस्तारमा सकारात्मक प्रभाव पारेको छ।”

    त्यसैगरी, नगरप्रमुख खेलराज पाण्डेले कार्यक्रमलाई जनतासँग प्रत्यक्ष जोडिएको सेवामुखी अभियानका रूपमा लिँदै निरन्तरता दिने बताएका छन्।

    “ज्येष्ठ नागरिक हाम्रो समाजका अमूल्य धरोहर हुन्। उहाँहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै ‘बा–आमासँग नगरप्रमुख’ कार्यक्रम सञ्चालन गरेका हौं। आगामी दिनमा अझ प्रभावकारी बनाउँदै सबै वार्डमा सेवा विस्तार गर्नेछौं।” कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण, आवश्यक औषधि वितरण तथा स्वास्थ्य परामर्श सेवा प्रदान गरिँदै आएको उपमहानगरपालिकाले जनाएको छ।



    lumbinisanjal   
  • २०८३ बैशाख २४, बिहीबार ००:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP