• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    डा. पोखरेलको अध्यक्षतामा नेपाल डेण्टल एसोसिएसन रुपन्देहीको नयाँ कार्यसमिति चयन

    • lumbinisanjal
    • २०८२ श्रावण २२, बिहीबार २३:१८
    7.7K
    SHARES
    डा. पोखरेलको अध्यक्षतामा नेपाल डेण्टल एसोसिएसन रुपन्देहीको नयाँ कार्यसमिति चयन

    बुटवल, २२ साउन। नेपाल डेण्टल एसोसिएसन रुपन्देही शाखाको नयाँ कार्यसमिति चयन गरिएको छ। निर्वाचन प्रक्रियामार्फत डा. दीपेन्द्र पोखरेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो।

    निर्वाचन अधिकृत डा. श्रृजना चापागाईंका अनुसार सम्पूर्ण पदाधिकारीहरू तथा सदस्यहरू निर्विरोध निर्वाचित भएका हुन्। अध्यक्षमा डा. दीपेन्द्र पोखरेल, उपाध्यक्षमा डा. मुकेश सापकोटा, महासचिवमा डा. नेत्र प्रसाद भुसाल, कोषाध्यक्षमा डा. प्रवेश गौतम र सहसचिवमा डा. निलम थापा चयन भएका छन्।

    त्यसैगरी, कार्यसमितिका सदस्यहरूमा डा. आकाश कर्माचार्य, डा. हेमन्तराज पाठक, डा. कृष्ण प्रसाद गैरे र डा. आतिस पंगेनी रहेका छन्।

    नयाँ कार्यसमितिले दन्त स्वास्थ्यको प्रवर्द्धन, चिकित्सकहरूको पेशागत हकहितको संरक्षण तथा दन्त सेवाको पहुँच विस्तारमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

     



    lumbinisanjal   
  • २०८२ श्रावण २२, बिहीबार २३:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP