• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    बुटवलमा एकै दिन ४८ ई–रिक्सा चालक कारबाहीमा

    • lumbinisanjal
    • २०८३ बैशाख ४, शुक्रबार २१:०७
    728
    SHARES
    बुटवलमा एकै दिन ४८ ई–रिक्सा चालक कारबाहीमा

    बुटवल, ४ बैशाख। बुटवलमा ट्राफिक नियम उल्लङ्घन गर्ने ई–रिक्सा चालकविरुद्ध प्रहरीले कडाइ बढाएको छ। शुक्रबार एकै दिन ४८ जना ई–रिक्सा चालक कारबाहीमा परेका छन्।
    ईलाका प्रहरी कार्यालय बुटवलले सवारी दुर्घटना न्यूनिकरण तथा सामाजिक अपराध नियन्त्रण गर्ने उद्देश्यले शहरका विभिन्न स्थानमा विशेष चेकजाँच तथा सचेतनामूलक अभियान सञ्चालन गरेको थियो। सो क्रममा नियम विपरीत सवारी सञ्चालन गर्ने चालकहरूलाई नियन्त्रणमा लिँदै कारबाही गरिएको हो।
    भुड्किचोक, अमरपथ, कालिका पथ (तीनकुने) तथा देवीनगरजस्ता व्यस्त क्षेत्रमा गरिएको चेकजाँचका क्रममा बिलबुक नभएका, सवारी चालक अनुमति पत्र (लाइसेन्स) बिना सवारी चलाउने तथा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरू भेटिएका थिए।
    ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार बुटवललाई सुरक्षित, व्यवस्थित र शान्त बनाउने उद्देश्यले यस्ता अभियान निरन्तर सञ्चालन गरिँदै आएको छ। कारबाहीमा परेका सवारी तथा चालकहरूलाई प्रचलित कानुनअनुसार जरिवाना गरिने उनले जानकारी दिए।
    यसअघि पनि प्रहरीले स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्दै गुड्ने मोटरसाइकलविरुद्ध “अपरेशन साइलेन्ट स्ट्रिट” सञ्चालन गरी ५० भन्दा बढी मोटरसाइकल नियन्त्रणमा लिएको थियो। त्यस्तै, स्वरूप परिवर्तन गरी ठगी गर्ने टिप्पर तथा ट्र्याक्टरमाथि पनि कारबाही गरिएको थियो।
    प्रहरीले ट्राफिक नियमको पालना गर्न तथा सुरक्षित यात्राका लागि सचेत रहन सबै सवारी चालकलाई आग्रह गरेको छ।



    lumbinisanjal   
  • २०८३ बैशाख ४, शुक्रबार २१:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP