• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    विष्णु पौडेलमाथि बादलको गम्भीर आरोप– भित्रैका दुस्मन एक्स्पोज भए

    • lumbinisanjal
    • २०८२ चैत्र २५, बुधबार १५:२७
    715
    SHARES
    विष्णु पौडेलमाथि बादलको गम्भीर आरोप– भित्रैका दुस्मन एक्स्पोज भए

    पोखरा ,२५ चैत । नेकपा (एमाले) संसदीय दलका नेता तथा कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ले उपाध्यक्ष विष्णुप्रसाद पौडेलमाथि गम्भीर आरोप लगाएका छन् ।

    बुधबार (चैत २५) कास्की एमालेले आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बादलले आफूले संसदीय दल नेताको हैसियतमा संसद्मा गरेको सम्बोधनले देशभित्र र बाहिरका पार्टीका दुस्मनहरू एक्स्पोज भएको बताएका हुन् ।

    नाम नतोकी उनले पौडेलले लेखेको स्टाटसको खण्डन गर्दै यस्तो आरोप लगाए ।

    “अस्ति संसद्को पहिलो बैठकमा मैले दल नेताको हैसियतमा जे कुराहरू भनेँ, त्यो कुरालाई लिएर केन्द्रीय सचिवालय बैठक बस्यो । र, केन्द्रीय सचिवालयले फेरि अर्को एउटा वक्तव्य जारी गर्‍यो,” बादलले

    भने, “त्यो वक्तव्य आइसकेपछि त्यसले अर्को कन्फ्युजन क्रिएट गरेको छ । त्यो वक्तव्य दलको नेताले मैले व्यक्त गरेको थिएँ, त्यसले भित्र पनि एउटा कन्फ्युजन क्रिएट गरेको देखियो । पार्टीको उपाध्यक्षले सार्वजनिक रूपमा एउटा स्टेटमेन्ट जारी गर्नुभयो ।”

    उनले गत बिहिबारको प्रतिनिधिसभा बैठकमा बादलले राखेको धारणाप्रति उपाध्यक्ष पौडेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका थिए ।

    स्टाटसमार्फत पौडेलले एमाल संसदीय दलको नेताका हैसियतले थापाले व्यक्त गरेका विचार पार्टीका स्थापित नीति र मान्यताविपरीत रहेका बताएका थिए ।

    यही विषयलाई लिएर बादलले भने, “को–को मान्छेहरू त्यो स्टेटमेन्टबाट उत्तेजित भएर, भित्र लुकेका को–को मान्छेहरू बाहिर देखिए । किनभने त्यो स्टेटमेन्टले पार्टीभित्रको दक्षिणपन्थी प्रवृत्तिलाई एक्सपोज गरेको मात्र हो ।” बादलले सदनमा दिएको अभिव्यक्ति पार्टीको लाइन रहेको जिकिर गरे ।



    lumbinisanjal   
  • २०८२ चैत्र २५, बुधबार १५:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP