• २०८३ आश्विन १८ | Sun, 04 Oct 2026
  • Dark Mode

          Subscribe

    सरकारी विज्ञापन नीतिमा पुनर्विचारको माग, सञ्चारमन्त्रीसँग महासंघको छलफल

    • lumbinisanjal
    • २०८२ चैत्र २३, सोमबार १४:५४
    1.1K
    SHARES
    सरकारी विज्ञापन नीतिमा पुनर्विचारको माग, सञ्चारमन्त्रीसँग महासंघको छलफल

    काठमाडौं, २३ चैत । नेपाल पत्रकार महासंघको टोलीले सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनासँग भेटघाट गर्दै सरकारको पछिल्लो विज्ञापन नीतिबारे गम्भीर ध्यानाकर्षण गराएको छ।

    महासंघका अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको टोलीले चैत १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जारी निर्देशनप्रति असन्तुष्टि जनाउँदै त्यसले समग्र सञ्चार क्षेत्रमै असर पार्न सक्ने औंल्याएको हो। उक्त निर्देशनमा सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चार माध्यमबाट मात्रै प्रकाशन–प्रसारण गर्नुपर्ने व्यवस्था गरिएको छ।

    भेटका क्रममा सरकारी विज्ञापनसम्बन्धी नयाँ नीतिका विभिन्न पक्षमा छलफल भएको थियो। सञ्चारमन्त्री तिमिल्सिनाले विगतमा सरकारी विज्ञापनको रकम दुरुपयोग भएको, श्रमजीवी पत्रकार प्रत्यक्ष लाभान्वित हुन नसकेको र बिचौलियाको प्रभाव बढेको देखिएकाले यस्तो निर्णय लिनुपरेको स्पष्ट पारे।

    उनले आफू सधैं श्रमजीवी पत्रकारको पक्षमा रहेको उल्लेख गर्दै जायज मागहरू सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
    त्यसैगरी महासंघ अध्यक्ष शर्माले नयाँ नीतिले निजी सञ्चारमाध्यमहरू प्रभावित हुने भन्दै पुनर्विचार गर्न आग्रह गरिन्। उनले सञ्चार क्षेत्रको सन्तुलित विकासका लागि सबै पक्षलाई समेट्ने नीति आवश्यक रहेको धारणा राखिन्।

    सरकारले भने सरकारी खर्चमा मितव्ययिता कायम गर्ने, विज्ञापन तथा सूचना प्रकाशन–प्रसारणमा पारदर्शिता ल्याउने र सरकारी सञ्चार माध्यमलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित उक्त व्यवस्था गरिएको जनाएको छ।



    lumbinisanjal   
  • २०८२ चैत्र २३, सोमबार १४:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP