• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    स्थानीयको माग सम्बोधनपछि बुटवलमा फोहोर उठ्न थाल्यो

    • lumbinisanjal
    • २०८२ चैत्र २२, आईतवार १८:२३
    728
    SHARES
    स्थानीयको माग सम्बोधनपछि बुटवलमा फोहोर उठ्न थाल्यो

    बुटवल, २२ चैत । केही दिनदेखि अवरुद्ध रहेको फोहोर व्यवस्थापन कार्य बुटवलमा पुनः सञ्चालनमा आएको छ। स्थानीयको अवरोधका कारण रोकिएको फोहोर संकलन आइतबार बिहान जनप्रतिनिधिसहितको टोलीले स्थानीयसँग छलफल गरी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएपछि पुनः सुरु गरिएको हो।

    बिहान करिब ८ बजेदेखि एकैसाथ करिब २५ वटा फोहोर बोक्ने गाडी सिरान गाउँ–मजुवा क्षेत्रमा पुगेका थिए। लामो समयपछि फोहोर उठ्न थालेपछि स्थानीय क्षेत्रमा केही राहत महसुस गरिएको छ।
    फोहोर व्यवस्थापन पुनः सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि तथा सरोकारवाला निकाय सक्रिय रूपमा खटिएका थिए। सो क्रममा वडाध्यक्षहरू नरिश्वर शर्मा, हरिप्रसाद श्रेष्ठ, रामचन्द्र क्षेत्री, लोकनाथ न्यौपाने, वडा सदस्यहरू, महाशाखा प्रमुख तुलसा अर्यालसहित नगर प्रहरी र नेपाल प्रहरीको टोली स्थलमै पुगेको थियो।

    वडाध्यक्ष नरिश्वर शर्माका अनुसार प्रभावित क्षेत्रको विकासका लागि छुट्याइएको बजेट सम्बन्धित स्थानमै खर्च नभएको गुनासोपछि अब उक्त बजेट सोही क्षेत्रमा पारदर्शी रूपमा प्रयोग गर्ने सहमति गरिएको छ। केही व्यक्तिका कारण कार्यान्वयनमा समस्या आएको उल्लेख गर्दै अब त्यसलाई सुधार्ने प्रतिबद्धता जनाइएको उनले बताए।

    त्यस्तै वडाध्यक्ष रामचन्द्र क्षेत्रीले स्थानीयका माग सम्बोधन गर्ने सहमतिपछि फोहोर व्यवस्थापन पुनः सुरु भएको जानकारी दिए।
    हाल बुटवलमा दैनिक करिब ७५ टन फोहोर उत्पादन हुँदै आएको छ। दीर्घकालीन रूपमा फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउन स्थानीय तह र समुदायबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको सरोकारवालाहरूले बताएका छन्।



    lumbinisanjal   
  • २०८२ चैत्र २२, आईतवार १८:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP