• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    धुर्कोट आधारभूत अस्पतालमा दन्त तथा मुख उपचार सेवा सुरु

    • lumbinisanjal
    • २०८३ बैशाख ५, शनिबार १५:१९
    1.2K
    SHARES
    धुर्कोट आधारभूत अस्पतालमा दन्त तथा मुख उपचार सेवा सुरु

    बासुदेव पोखरेल / गुल्मी । धुर्कोट गाउँपालिकास्थित धुर्कोट आधारभूत अस्पतालमा आजदेखि दन्त तथा मुख सम्बन्धी उपचार सेवा औपचारिक रूपमा शुभारम्भ गरिएको छ ।

    सेवा शुभारम्भ कार्यक्रममा गाउँपालिका अध्यक्षले स्थानीय नागरिकलाई आधारभूत स्वास्थ्य सेवा आफ्नै क्षेत्रमा उपलब्ध गराउने लक्ष्यसहित दन्त तथा मुख उपचार सेवा सुरु गरिएको बताउनुभयो। उहाँले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै आगामी दिनमा थप सेवा विस्तार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    गाउँपालिका उपाध्यक्षले ग्रामीण भेगका नागरिकले सामान्य दाँत तथा मुखसम्बन्धी समस्या समाधानका लागि टाढा जानुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले यस सेवाले नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने बताउनुभयो।

    अस्पताल प्रमुख डा. सुलोचना न्यौपानेका अनुसार स्थानीय स्तरमै दन्त तथा मुखसम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले सेवा सुरु गरिएको हो। उहाँले अब धुर्कोटवासीले सामान्य दाँत, मुख तथा सम्बन्धित रोगको उपचार आफ्नै क्षेत्रमा पाउने जानकारी दिनुभयो ।

    साथै, प्रत्येक महिनाको पहिलो शनिबार आँखा, दन्त तथा मुख सम्बन्धी विशेष उपचार सेवा सञ्चालन गरिने पनि उहाँले बताउनुभयो।
    स्थानीय तहमा स्वास्थ्य सेवाको पहुँच विस्तारसँगै नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।



    lumbinisanjal   
  • २०८३ बैशाख ५, शनिबार १५:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP