• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    शरीरमा किन हुन्छ भिटामिन `डी´को कमि ?

    • lumbinisanjal
    • २०८१ माघ २०, आईतवार १७:४०
    2K
    SHARES
    शरीरमा किन हुन्छ भिटामिन `डी´को कमि ?

    डा. केयुर गौतम । भिटामिन ‘डी’को अर्को नाम सनसाईन भिटामिन हो। यसको मुख्य स्रोत सुर्यको किरण हो। योसँगै साल्मन, अण्डा, चिज, दुध र दुधजन्य खानेकुरा बाट पनि भिटामिन डी प्राप्त गर्न सकिन्छ। तर मुख्य स्रोत चाहिं सुर्यको किरण नै हो। जब सुर्यको किरण हाम्रो छालामा पर्छ, त्यसपछि कोलेस्ट्रोरलाई कन्भर्ट गर्दै कलेजोमा भिटामिन डी बन्छ।

    धेरै जसो मानिसहरुमा आजकल मात्रै सबैले भिटामिन डी को कुरा गर्न थालेको पहिले त्यस्तो केहि समस्या हुदैन् थियो भन्ने खाले भ्रममा छन्। पहिले पहिलेका मानिसहरु घाममा काम गर्थे, बाहिर काम गर्थे। त्यसले गर्दा उनीहरुलाई भिटामिन डी पुगीरहन्थ्यो र उनीहरुलाई त्यो लक्षण देखिएन। अहिलेको परिवेशमा हेर्ने हो भने हामी बिहान ७ बजे अफिस छिरेर बेलुका ५/६ नबजी अफिसबाट निक्लीदैनौं। हामीले सुर्यको मुख नै देखेका हुदैनौं भनेपछि यो भिटामिनको कमि हुनु स्वाभाविक नै हो।

    बोन हेल्थलाई मात्रै नभई हाम्रो शरीरको हरेक सेललाई भिटामिन डी महत्वपूर्ण हुन्छ। हाम्रो शरीरको हरेक सेलमा भिटामिन डीको रिसेप्टरहरु हुन्छ। त्यसकारण भिटामिन डी ले हरेक सेलको कामहरुलाई केहि न केहि असर गर्छ। त्यसैले भिटामिन डीको लेभलहरु हेरीरहनु पर्छ र कमि रहेछ भने पुरकहरु लिनुपर्छ।

    कसलाई आवश्यक हुन्छ यो जाँच?
    – ६०/७० वर्ष उमेर पुगेकाहरु जो निष्क्रिय जीवनशैली जिउछन्।
    – बिहान घाम लाग्नु अगाडी अफिस जाने र बेलुका घाम अस्ताएपछि घर फर्किनेहरु (बिशेष गरि बैंकका कर्मचारीहरु)।
    – लामो समयसम्म अध्यारोमा काम गर्नुपर्नेहरुलाई।
    – गर्भवतीहरुलाई
    – जटिल किसिमका रोग भएकाहरु (क्यान्सर,मृगौला, कलेजोका बिरामीहरु)
    यस्ता मानिसहरुले सकेसम्म ६/६ महिनामा र नसके वर्षमा एकपटक भए पनि भिटामिन डीको जाँच गराउन आवश्यक हुन्छ।

    लक्षणहरु
    यसको कमि भएमा हड्डी र मांसपेशीहरुमा समस्या देखिन्छ। त्यो लगायत सुताईमा समस्या आउन सक्छ, थकाई महसुस हुने, मुड अफ भईरहे जस्तो, शरीरमा शक्ति नभए जस्तो, ढाड दुख्ने समस्या, शरीरमा बेलामा संक्रमण हुने, खान मन नलाग्ने, जिउ घट्दै जाने, कम्जोर हुने, शरीर कटकट खाईरहे जस्तो लाग्ने समस्या लिएर बिरामीहरु आईपुग्छन्।

    कसैकसैले भिटामिन डी जाँच नगरी पुरक खाईदिए हुन्छ भन्ने सोच्नु हुन्छ। तर त्यसको पनि रेफरेन्स रेन्ज हुन्छ। ३० भन्दा तल आयो भने नराम्रो, १०० भन्दा बढी पनि जानु हुदैन् भन्ने छ। ३० भन्दा कम आयो भने माथि भनेजस्तै लक्षणहरु देखिन्छ। १०० भन्दा बढी भो भने भिटामिन डी टक्सीसीटि हुन सक्छ। त्यो कारणले गर्दा मृगौलामा पत्थरी हुन सक्ने सम्भावना हुन्छ। त्यसकारणले गर्दा कसैले भिटामिन डीको पुरक सेवन गरिरहनु भएको छ भने, त्यसको डोज पुगेको छ की छैन भनेर पनि जाँच गर्नु आवश्यक हुन्छ। त्यस्तै त्यसको लेभल बढी नहोस भनेर पनि जाँच जरुरि हुन्छ।

    यो जाँच गर्न जाँदा खाली पेट बस्नु पर्दैन। कुनै पनि बेला गएर रगत छाड्न सकिन्छ। सक्दो त घाममा छाला देखाएर बस्दा सित्तैमा भिटामिन डी प्राप्त गर्न सकिन्छ। तर घाम ताप्ने समय छैन र जोखिममा हुनुहुन्छ भने भिटामिन डीको जाँच गरेर आवश्यक परेमा पुरकहरु लिन सकिन्छ।



    lumbinisanjal   
  • २०८१ माघ २०, आईतवार १७:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP