• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    सञ्चार माध्यमले कुनै पनि उम्मेदवारको प्रचार प्रसार गर्न नपाउने

    • lumbinisanjal
    • २०८२ माघ २०, मंगलवार ०९:४६
    1.1K
    SHARES
    सञ्चार माध्यमले कुनै पनि उम्मेदवारको प्रचार प्रसार गर्न नपाउने

    काठमाडौं ,२० माघ । निर्वाचन आयोगले कुनै पनि सञ्चार माध्यमले कुनै पनि उम्मेदवारको पक्षमा समाचार प्रकाशन र प्रसारण गर्न नपाउने स्पष्ट पारेको छ । आयोगले जारी गरेको निर्वाचन आचारसंहिता २०८२ को परिच्छेद ७ मा सञ्चार माध्यमहरूले कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्था गरेको छ । आयोगले सो प्रावधानको पालना गर्न सबै सञ्चार माध्यमलाई ध्यानकर्षण गराएको छ ।

    कतिपय सञ्चार माध्यमहरूले आचारसंहिताको उल्लङ्घन गर्दै केही उम्मेदवार विशेषको पक्षमा समाचार प्रकाशन र प्रसारण गरिरहेका छन् । आयोगले सो कार्य आचारसंहिताविपरीत हुने भन्दै त्यसरी आचार संहिता उल्लङ्घन गर्ने सञ्चार माध्यमहरूलाई स्पष्टीकरण सोधिने जनाएको छ । आयोगले जारी गरेको आचारसंहितामा कुनै राजनीतिक दल वा उम्मेदवार वा निजको प्रतिनिधिबाट दान, उपहार वा आर्थिक सहयोग लिन नहुने उल्लेख गरिएको छ ।

    निर्वाचन आयोगद्वारा जारी निर्वाचन आचार संहिताको परिच्छेद ७ मा सञ्चार प्रतिष्ठान, सम्वद्ध कर्मचारी तथा पत्रकारहरूले पालना गर्नुपर्ने विभिन्न आचरणसम्बन्धी व्यवस्था गरेको छ ।

    यस्ता छन् सञ्चार माध्यम र सञ्चारकर्मीले पालना गर्नुपर्ने नियम

    १ कुनै राजनीतिक दल वा उम्मेदवार वा निजको प्रतिनिधिबाट दान, उपहार वा आर्थिक सहयोग लिन नहुने ।
    २ कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने ।
    ३ जात, जाति भाषा, धर्म र सम्प्रदाय, लिङ्ग र क्षेत्र बीचको सम्बन्ध र सद्भावमा खलल पार्ने, राजनीतिक आस्था वा विचार, राष्ट्रियता तथा सामाजिक अवस्था जस्ता कुनै पनि आधारमा भेदभाव हुने गरी समाचार प्रकाशन तथा प्रसारण गर्न नहुने ।

    ४ राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचार प्रसारको लागि निःशुल्क विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नहुने ।
    ५.दफा १५ बमोजिम राजनीतिक दल वा उम्मेदवारको निर्वाचनसम्बन्धी विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्दा सो विज्ञापनमा सःशुल्क भएको जनाउ दिनुपर्ने ।

    ६.कसैको पक्ष वा विपक्षमा एसएमएस, सामाजिक सञ्जाल, अनलाइन छापाजस्ता विद्युतीय माध्यममा एआई प्रयोग गरी वा नगरी कुनै सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा पोस्ट, रिपोस्ट, सेयर, कमेन्ट, लाइभ, स्ट्रिमिङ, ट्याग वा मेन्सनलगायतका कार्य गर्न वा गराउन नहुने ।

    ७.सूचनाको स्रोतको गोपनीयता भंग गर्न नहुने ।
    ८.राजनीतिक दल वा उम्मेदवार तथा उम्मेदवारको एकाघरका परिवारका सदस्यको मान, प्रतिष्ठा, इज्जतमा आँच पु¥याउने तथा गलत र भ्रामक समाचार प्रकाशन तथा प्रसारण गर्न नहुने ।
    ९.निर्वाचनको बारेमा नकारात्मक सन्देश प्रवाह गर्ने लेख, तस्बिर वा समाचर प्रकाशन प्रसारण गर्न नहुने ।
    १०. निर्वाचन तथा उम्मेदवारसम्बन्धी भ्रामक समाचार प्रकाशन तथा प्रसारण गर्न नहुने ।



    lumbinisanjal   
  • २०८२ माघ २०, मंगलवार ०९:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP