• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    गुल्मीको धुर्कोटमा पुरुष मृत अवस्थामा फेला

    • lumbinisanjal
    • २०८२ कार्तिक २, आईतवार १२:५६
    7.5K
    SHARES
    गुल्मीको धुर्कोटमा पुरुष मृत अवस्थामा फेला

    बासुदेव पोखरेल / गुल्मी, २ कात्तिक ।
    गुल्मीको धुर्कोट गाउँपालिका–६ रजस्थल मिहाले पानीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

    आइतबार बिहान करिब ९ः५० बजेको समयमा मिहाले पानी पधेरो नजिकको गोरेटो बाटोमा स्थानीय ६३ वर्षीय मिनबहादुर रोकाहा मृत अवस्थामा फेला परेका हुन्।

    घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी जैसिथोक बर्बोटबाट प्रहरी सहायक निरीक्षक बशिष्ट यादवको कमाण्डमा दुई जनाको टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ।

    त्यसपछि थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त सेनको कमाण्डमा प्रहरीको विशेष वैज्ञानिक अनुसन्धान प्राविधिक (soco) टोलीसहित पाँच जनाको समूह खटिएको छ।

    मृतकको मृत्युको कारण खुलेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।



    lumbinisanjal   
  • २०८२ कार्तिक २, आईतवार १२:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP