• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    वर्षा गराउने प्रणाली नेपालबाट बाहिरिएसँगै मौसममा सुधार

    • lumbinisanjal
    • २०८२ आश्विन १९, आईतवार १६:१२
    2.6K
    SHARES
    वर्षा गराउने प्रणाली नेपालबाट बाहिरिएसँगै मौसममा सुधार

    काठमाडौं, १९ असोज । वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरिएको छ। वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बहिरिएर मनसुन कमजोर भइ मौसममा सुधार आइसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

    विभागका अनुसार तर मनसुन बहिरगमन भइ नसकेकाले अझै केही दिन रहने छ। विभागले आज एक विज्ञप्ति जारी गर्दै असोज २० गते अपरान्हसँग नदी आसपासका क्षेत्रमा जोखिम कायमै रहेको जनाएको छ।

    कोशी नदी चतरा केन्द्रमा बहाव खतरा तहको नजिक रही हाल स्थिर अवस्थामा रहेको हुँदा नदी तटियक्षेत्र तथा डुवान भइरहने क्षेत्रमा २० गते मध्यान्हसम्म सतर्कता अपनाइराख्न अनुरोध गरेको छ ।

    कोशी र मधेसका केही जिल्लामा भने आइतबार पनि वर्षा भइरहेको छ।



    lumbinisanjal   
  • २०८२ आश्विन १९, आईतवार १६:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP