• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार: सन्तोष पाण्डे युवा तथा खेलकुद मन्त्री

    • lumbinisanjal
    • २०८२ श्रावण १२, सोमबार १७:१७
    2.5K
    SHARES
    लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार: सन्तोष पाण्डे युवा तथा खेलकुद मन्त्री

    बुटवल ,१२ साउन । लुम्बिनी प्रदेशमा नवनियुक्त युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती समक्ष नव नियुक्त मन्त्री पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको हो ।

    मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री डिल्लिबहादुर चाैधरी, प्रदेशका मन्त्री तथा उच्च पदस्थ पदाधिकारीहरुको उपस्थितीमा मन्त्री पाण्डेले प्रदेश प्रमुखको कार्यालय बुटवलमा सोमवार सपथ ग्रहण गर्नु भएको छ ।

    लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आइतबार मन्त्रिपरिषद् बिस्तार गर्नु भएको थियो । खाली रहेको युवा तथा खेलकुद मन्त्रीमा लोसपाका संसदीय दलका नेता पाण्डेलाई नियुक्त गर्नु भएको हो ।

     



    lumbinisanjal   
  • २०८२ श्रावण १२, सोमबार १७:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP