• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    थवाङ दुर्घटना अपडेट- मृतकको संख्या २० पुग्यो

    • lumbinisanjal
    • २०८३ बैशाख १७, बिहीबार १९:३९
    416
    SHARES
    थवाङ दुर्घटना अपडेट- मृतकको संख्या २० पुग्यो

    बुटवल ,१७ वैशाख । रोल्पामा भएको बोलेरो दुर्घटनामा मृतकको संख्या २० पुगेको छ। बिहीबार रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो भीरबाट खसेको थियो। रोल्पाको थवाङ गाउँपालिका-१, जलजलामा बोलेरो भीरबाट खस्दा १७ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रोल्पाका प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए।

    प्रहरीका अनुसार थप तीन जनाको मृत्यु भएको पुष्टि भएको छ।
    रुकुम पूर्वबाट वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुन उनीहरू जलजला गएका थिए। प्रहरीका अनुसार, बोलेरो सडकबाट करिब आठ सय मिटर तल खसेको हो।

    दुर्घटना लगत्तै प्रहरी टोली परिचालन गरिएको छ। उद्धार कार्य जारी रहेको नेपाल प्रहरीले जनाएको छ।

    नेटवर्कको समस्याका कारणले घटनाको विषयमा धेरै जानकारी आइनसकेको उनले बताए। प्रहरी टोलीसँग निरन्तर सम्पर्क गर्ने प्रयास भइरहेको उनको भनाइ छ



    lumbinisanjal   
  • २०८३ बैशाख १७, बिहीबार १९:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP