• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    रुपन्देहीमा बस दुर्घटना : २ जनाको मृत्यु, २७ जना घाइते

    • lumbinisanjal
    • २०८३ बैशाख १६, बुधबार १३:२३
    338
    SHARES
    रुपन्देहीमा बस दुर्घटना : २ जनाको मृत्यु, २७ जना घाइते

    बुटवल,१६ वैशाख । रुपन्देहीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुटवल–बर्दघाट सडक खण्डको गणेशनगरस्थित प्रतीक्षालय नजिक माइक्रो बस र ईभी माइक्रो एकआपसमा ठोक्किंदा दुई जनाको मृत्यु भएको हो भने २७ जना घाइते भएका छन् ।

    बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु१ख ७२८५ नम्बरको माइक्रो बस र नारायणगढबाट बुटवल आउँदै गरेको बागमती प्रदेश ००ख ८९२८ नम्बरको ईभी माइक्रो ठोक्किएर दुर्घटना भएको हो ।

    दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरूको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    प्रहरी चौकी देवदह खैरेनीका अनुसार दुर्घटनामा मृतकको नाम ठेगाना खुल्न बाँकी छ



    lumbinisanjal   
  • २०८३ बैशाख १६, बुधबार १३:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP