• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    सुनको मूल्यमा अर्को कीर्तिमान, ह्वात्तै बढ्यो 

    • lumbinisanjal
    • २०८२ पुष ११, शुक्रबार १४:१६
    1.9K
    SHARES
    सुनको मूल्यमा अर्को कीर्तिमान, ह्वात्तै बढ्यो 

    काठमाडौं ,११ पुस । नेपाली बजारमा सुनको मूल्य शुक्रबार (पुस ११) पुनः नयाँ कीर्तिमान कायम भएको छ । सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ६९ हजार ३०० रुपैयाँ कायम छ । यो हालसम्मकै उच्च मूल्य हो । बिहीबार (पुस १०) छापावाल सुन प्रतितोला दुई लाख ६७ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

    सुनको यसअघिको उच्च मूल्य प्रतितोला दुई लाख ६८ हजार १०० रुपैयाँ थियो । यही पुस ९ गते सुन उक्त मूल्यमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य पनि तोलामा १६५ रुपैयाँ बढेको छ । चाँदी प्रतितोला चार हजार ५६५ रुपैयाँ खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला चार हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।



    lumbinisanjal   
  • २०८२ पुष ११, शुक्रबार १४:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP