• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    इन्धनको मूल्य घट्यो

    • lumbinisanjal
    • २०८१ चैत्र ३, आईतवार ०३:०५
    2.6K
    SHARES
    इन्धनको मूल्य घट्यो

    काठमाडौं, ०३ चैत । पेट्रोलियम पदार्थको मूल्यमा केही गिरावट आएको छ । नेपाल आयल निगमले आइतबारदेखि लागू हुने गरि तेलको मूल्य घटाएको हो ।जसअनुसार पेट्रोल ५ रूपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर ४ रूपैयाँ सस्तो भएको छ । यससँगै बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १६३ र डिजेल तथा मट्टीतेलको भाउ लिटरको १५१ रूपैयाँ कायम भएको छ ।

    मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोल क्रमशः प्रतिलिटर एक सय ६० रुपैयाँ ५० पैसा, एक सय ६२ रुपैयाँ र एक सय ६३ रुपैयाँ तथा डिजेल/मट्टितेल प्रतिलिटर एक सय ४८ रुपैयाँ ५० पैसा, एक सय ५० रुपैयाँ र एक सय ५१ रुपैयाँ कायम भएको छ । भारतबाट तेलको खरिद मूल्य घटेर आएपछि मूल्य समायोजन गरिएको निगमले जनाएको छ । अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत छ ।



    lumbinisanjal   
  • २०८१ चैत्र ३, आईतवार ०३:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP