• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    भण्डारीसहित ६ चिकित्सक एघारौँ तहमा बढुवा

    • lumbinisanjal
    • २०८२ चैत्र १८, बुधबार १५:१७
    3.2K
    SHARES
    भण्डारीसहित ६ चिकित्सक एघारौँ तहमा बढुवा

    काठमाडौँ, १८ चैत । नेपाल स्वास्थ्य सेवाअन्तर्गत विभिन्न विधाका ६ जना चिकित्सकहरू एघारौँ तहमा बढुवाका लागि सिफारिस भएका छन् । लोक सेवा आयोग ले सञ्चालन गरेको लिखित परीक्षा तथा अन्तर्वार्ताको मूल्यांकनपछि उनीहरू उच्च तहमा उक्लिएका हुन् ।

    आयोगका अनुसार अटोरिनोल्यारिङ्गोलोजी (ईएनटी) समूहअन्तर्गत प्रमुख कन्सल्टेन्ट इएनटी सर्जन पदमा डा. रमेश भण्डारी बढुवा भएका छन् । त्यस्तै, नेपाल स्वास्थ्य सेवा अन्तर्गत अब्स्ट्रेटिक्स तथा गाइनोकोलोजी समूहबाट डा. कीर्तिपाल सुवेदी कन्सल्टेन्ट अब्स्ट्रेटिक्स एण्ड गाइनोकोलोजिस्ट पदमा एघारौँ तहमा उक्लिएका छन् ।

    मेडिसिन समूहको मेडिकल अंकोलोजी उपसमूहबाट डा. रमिला शिल्पाकार प्रमुख कन्सल्टेन्ट मेडिकल अंकोलोजिस्ट पदका लागि सिफारिस भएकी छन् भने जनस्वास्थ्य (जहेस) समूहबाट डा. नविन दर्नाल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट पदमा बढुवाका लागि सिफारिस भएका छन् ।

    यसैगरी, सर्जरी समूहअन्तर्गत कार्डियोथोरासिक सर्जरी उपसमूहबाट डा. प्रसिद्धबिक्रम कँडेल प्रमुख कन्सल्टेन्ट कार्डियोथोरासिक सर्जन पदमा बढुवा भएका छन् ।

    साथै, सोही समूहको जनरल सर्जरी उपसमूहबाट डा. उदिता मिश्रा प्रमुख कन्सल्टेन्ट सर्जन पदमा एघारौँ तहमा उक्लिएकी छन् ।



    lumbinisanjal   
  • २०८२ चैत्र १८, बुधबार १५:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP