• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    यी भूभागमा छ आज वर्षाको सम्भावना

    • lumbinisanjal
    • २०८२ चैत्र १५, आईतवार ०७:३५
    910
    SHARES
    यी भूभागमा छ आज वर्षाको सम्भावना

    काठमाडौं,१५ चैत । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    विभागका अनुसार, आज (चैत १५) देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

    राति, कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भू–भाग तथा बाँकी प्रदेशका हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ भने तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भू–भाग तथा वाग्मती प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।



    lumbinisanjal   
  • २०८२ चैत्र १५, आईतवार ०७:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP