• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    जैसिथोक-रुपन्देही सम्पर्क समाजको अध्यक्षमा पुनः कुँवर

    • lumbinisanjal
    • २०८२ चैत्र ८, आईतवार १८:४९
    3.8K
    SHARES
    जैसिथोक-रुपन्देही सम्पर्क समाजको अध्यक्षमा पुनः कुँवर

    बुटवल, ८ चैत । गुल्मी जैसिथोक रुपन्देही सम्पर्क समाजको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशनले पुनः राजेन्द्र कुँवरलाई अध्यक्षमा चयन गर्दै नयाँ नेतृत्वलाई निरन्तरता दिएको छ। शनिबार बुटवलमा सम्पन्न अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्दै संगठनलाई थप सशक्त बनाउने संकेत गरेको हो।

    अधिवेशनबाट उपाध्यक्षमा प्रकाश खनाल, सचिवमा दीपक पोखरेल, कोषाध्यक्षमा राजेन्द्र पोखरेल, सह–सचिवमा नरेश पोखरेल र सह–कोषाध्यक्षमा प्रकाश पोखरेल निर्विरोध चयन भएका छन्। निर्वाचन मण्डल संयोजक नारायण पोखरेलका अनुसार सदस्यहरूमा रामप्रसाद पोखरेल, यदुमणि पोखरेल, भरत पाण्डे, कमल भण्डारी, विष्णु खनाल, विष्णुप्रसाद घिमिरे, टंकप्रसाद पोखरेल, दिनेश पोखरेल, राजेश बिक, प्रकाशचन्द्र घिमिरे र कमला शर्मा कुँवर चयन भएका छन्।

    अधिवेशन अघि सम्पन्न साधारण सभामा बोल्दै धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले सडक सञ्जाल विस्तारसँगै जैसीथोक, बुटवल र रुपन्देहीबीचको दूरी मात्र नभई विकासको गति पनि नजिकिएको उल्लेख गरे।

    उनले गाउँ अहिले शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधारका क्षेत्रमा उल्लेखनीय फड्को मार्दै पुरानो अवस्थाबाट निकै अघि बढिसकेको बताए। समाजले स्थापना कालदेखि गर्दै आएको सामाजिक उत्तरदायित्वप्रति आफू जानकार रहेको जनाउँदै उनले आगामी दिनमा सहकार्य गर्न प्रतिबद्धता समेत व्यक्त गरे।

    समाजका अध्यक्ष राजेन्द्र कुँवरले २०७४ सालमा स्थापना भएको समाजले गुल्मी जैसीथोकलाई जन्मथलो बनाएका र रुपन्देही आसपासमा बसोबास गर्ने व्यक्तिहरूबीच आपसी भाइचारा सुदृढ गर्दै सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्य राखेको जानकारी दिए।

    कार्यक्रममा गुल्मीदरबार गाउँपालिकाका लेखा अधिकृत तेजेन्द्र थापा मगर, कोरापानी बचत समूहका अध्यक्ष यदुमणि पोखरेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

    कार्यक्रममा अध्यक्षको प्रतिवेदन राजेन्द्र कुँवरले र कोषाध्यक्षको प्रतिवेदन नारायण पोखरेलले प्रस्तुत गरेका थिए। स्वागत मन्तव्य प्रकाश खनालले व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन दीपक पोखरेलले गरेका थिए।



    lumbinisanjal   
  • २०८२ चैत्र ८, आईतवार १८:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP