• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको उपाधि सुनिरालाई

    • lumbinisanjal
    • २०८१ फाल्गुन ७, बुधबार १७:१४
    2.6K
    SHARES
    बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको उपाधि सुनिरालाई

    बुटवल,७ फाल्गुन ।  सुनिरा थापाले तेस्रो मेयर कप तथा सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको वुमन्स सिंगलको उपाधि जितेकी छिन् ।

    गत वर्षकी विजेता एवम् शीर्ष वरियता अभिलाषा विष्टलाई बुधवार पराजित गर्दै सुनिराले उपाधि जितेकी‌ हुन् । सिंगलमा भगवती विक तेस्रो भएकी छन् ।  

    फाइनलका दौरानमा घाइते भएपछि अभिलाषाले मैदान छाडेकी थिइन् । दोस्रो सेट चलिरहँदा अभिलाषाले खेल्न नसक्ने जनाउँदै कोर्ट छाडेकी थिइन्। पहिलो सेटमा ६-३ अंकले जितेकी सुनिरा दोस्रो सेटमा ३-२ ले अगाडि रहँदा अभिलाषाले खेल छाडेकी थिइन् । मंगलवार अभिलाषाले आइशा डोल्कर गुरुङलाई र सुनिराले भगवती बिकलाई पराजित गर्दै फाइनल भेट पक्का गरेका थिए। सुनिराले ६०, अभिलाषाले ३० र भगवतीले २० हजार रुपैयाँ प्राप्त गरिन् ।

    नेपाल टेनिस संघका केन्द्रीय सदस्य अशोक गुरुङ, टेनिस संघका प्रदेश अध्यक्ष संजय श्रेष्ठ, जिल्ला अध्यक्ष गोपाल ज्ञवाली, नेपाली सेनाका पश्चिम पृतनाका महासेनानी मछिन्द्र थापालगायतले विजेता, उपविजेतालगायतका खेलाडीलाई पुरस्कृत गरे।



    lumbinisanjal   
  • २०८१ फाल्गुन ७, बुधबार १७:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP