• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

    • lumbinisanjal
    • २०८२ चैत्र ८, आईतवार १२:२१
    806
    SHARES
    सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

    काठमाडौँ, ८ चैत । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा सात हजार १२ हजार ५०० र चाँदी ३५५ ले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोलादुई लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ५४० कायम भएको छ ।

    गत शुक्रबार एक तोला छापावाल सुन दुई लाख ९४ हजार ५०० र त्यति नै परिमाणको चाँदी चार हजार ८९५ कायम भएको थियो । अघिल्लो दिन प्रतितोला सुन तीन लाख दुई हजार ३०० र प्रतितोला चाँदी पाँच हजार १० मा कारोबार भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको चाँदी ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस



    lumbinisanjal   
  • २०८२ चैत्र ८, आईतवार १२:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP