• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    रातिको समयमा कालिकानगरबाट मोटरसाइकल चोरी

    • lumbinisanjal
    • २०८२ चैत्र ३, मंगलवार १७:५०
    5.4K
    SHARES
    रातिको समयमा कालिकानगरबाट मोटरसाइकल चोरी

    बुटवल, ३ चैत । बुटवलमा पछिल्लो समय मोटरसाइकल चोरीका घटना बढ्दै गइरहेका बेला कालिकानगरबाट फेरि एक मोटरसाइकल हराएको छ।

    कालिकानगरस्थित कालिकानगर फिटनेस हब अगाडिबाट सोमबार राति करिब ९ बजेदेखि ११ बजेको बीचमा मोटरसाइकल हराएको हो।

    हराएको मोटरसाइकल लु १२ प ६२८८ नम्बरको ‘आरवान फाइभ’ रहेको सवारीधनी रवि बहादुर गाहाले जानकारी दिए । गाहाका अनुसार मोटरसाइकल पार्किङ गरी राखिएको अवस्थामा अज्ञात व्यक्तिले चोरी गरी लगेको संका रहेको बताए । उनले मोटरसाइकल हराएपछी प्रहरीकोमा उजुरी दिएको जानकारी दिए ।

    उनले मोटरसाइकल कतै देखिए वा भेटिएमा ९८०४४१३२८४ नम्बरमा सम्पर्क गर्न वा नजिकको प्रहरी कार्यालयमा जानकारी दिन आग्रह गरेका छन् ।

    बुटवल क्षेत्रमा पछिल्लो समय मोटरसाइकल चोरीका घटना बढ्दै गएको भन्दै स्थानीयले सुरक्षा व्यवस्था कडा बनाउन सम्बन्धित निकायसँग माग समेत गरेका छन्।



    lumbinisanjal   
  • २०८२ चैत्र ३, मंगलवार १७:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP