• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    राप्रपाले रास्वपालाई सघाउने

    • lumbinisanjal
    • २०८२ फाल्गुन २८, बिहीबार १५:२३
    624
    SHARES
    राप्रपाले रास्वपालाई सघाउने

    बुटवल , २८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हिन्दु राष्ट्रमा सहमत भए दुई तिहाइ पु¥याउन सहयोग गर्ने बताएका छन् ।

    विहिबार सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै थापाले भनेको छन् ‘यदि बालेन सरकारले नेपाललाई धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दूराष्ट्र बनाउने गरी संविधान संशोधन गर्न तयार हुन्छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसदहरूको पूर्ण सहयोग रहने छ ।’ रास्वपालाई संविधान संसोधनका लागि प्रतिनिधिसभामा दुई तिहाइ पुर्‍याउन २ सिट कमि छ ।

    तर संविधान संसोधन गर्न राष्ट्रियसभामा पनि दुई तिहाइ आवश्यक पर्छ । राष्ट्रिय सभामा रास्वपा र राप्रपा दुबैको प्रतिनिधित्व शून्य छ ।



    lumbinisanjal   
  • २०८२ फाल्गुन २८, बिहीबार १५:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP