• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    अमरेशलाई मिराजको पत्र: ‘कांग्रेसले नै तपाईंलाई सम्मानको व्यवहार गरेको हो’

    • lumbinisanjal
    • २०८२ फाल्गुन २६, मंगलवार ०९:२१
    858
    SHARES
    अमरेशलाई मिराजको पत्र: ‘कांग्रेसले नै तपाईंलाई सम्मानको व्यवहार गरेको हो’

    काठमाडौँ ,२६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा. अमरेशकुमार सिंहलाई ‘जेनजी’ अगुवा मिराज ढुङ्गानाले विगतमा मधेसी नेताहरूले अपमान खेपिरहँदा नेपाली कांग्रेसले नै उनलाई सम्मानजनक व्यवहार गरेको स्मरण गराएका छन् । “इतिहासले देखाएको छ-जब सबैले मधेसी नेतालाई अपमान गर्थे, भारतीय दलाल र एजेन्ट भन्दा तपाईँलाई सम्मानले नेपाली नागरिक जस्तो व्यवहार गरेको पार्टी नेपाली कांग्रेस नै हो,” मिराजले भनेका छन् ।

    डा. सिंहले स्वतन्त्र हुँदा सदनबाट काठमाडौँ महानगरका मेयर बालेन शाहलाई चुनौती दिएको र अहिले रास्वपा प्रवेश गरेपछि कांग्रेस सभापति गगन थापालाई सुझाव दिएको प्रसङ्गलाई पनि उनले जोडेका छन् ।

    मिराजले डा. सिंहको पछिल्लो राजनीतिक निर्णयप्रति कटाक्ष गर्दै लेखेका छन्, “काँग्रेस छोड्नुको कारण समाजले बुझ्नेछ, नयाँ दलमा पस्नुको कारण सबैलाई स्पष्ट छ ।” उनले हिजो कांग्रेस, त्यसपछि स्वतन्त्र र आज रास्वपा हुँदै डा. सिंहको ‘चोला फेरिएको’ टिप्पणी गरे पनि सर्लाही क्षेत्र नं. ४ मा उनले गरेको विकासको चर्चा भने अन्तर्राष्ट्रिय स्तरकै रहने उल्लेख गरेका छन् ।

    सन्देशमा मिराजले डा. सिंहको कठिन समयको स्मरण गर्दै उनलाई आत्महत्या जस्तो अप्रिय निर्णयबाट जोगाउन सबै लागेको र उनको दीर्घायुको कामना गरेका छन् । “यो निर्वाचनले तपाईँको जीवन र राजनीतिक भविष्य दुवै रक्षा गरेको छ,” उनले भनेका छन्, “तपाईँको दीर्घायु र समाजलाई योगदान दिन सक्ने क्षमताको कामना गर्दछौँ ।”

    अमरेशको नयाँ राजनीतिक यात्राका लागि बधाई दिँदै उनले सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन् ।

    https://www.facebook.com/share/p/1FpdVZhEBU/



    lumbinisanjal   
  • २०८२ फाल्गुन २६, मंगलवार ०९:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP