• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    स्वास्थ्य, एकता र खेलकुदको सन्देश बोकेको भव्य वनभोज तथा सम्मान कार्यक्रम सम्पन्न

    • lumbinisanjal
    • २०८२ माघ २७, मंगलवार २२:५६
    1.4K
    SHARES
    स्वास्थ्य, एकता र खेलकुदको सन्देश बोकेको भव्य वनभोज तथा सम्मान कार्यक्रम सम्पन्न

    बुटवल, २७ माघ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने सार्थक नारालाई व्यवहारमा उतार्दै बुटवलमा आयोजना गरिएको वनभोज तथा सम्मान कार्यक्रम सोमबार भव्य रूपमा सम्पन्न भएको छ। रुपन्देही पुल तथा स्नूकर संघ र खस्यौली स्नूकर क्लब बुटवल, रुपन्देहीको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमले खेलकुदसँगै आपसी सद्भाव र संगठनात्मक एकताको सशक्त सन्देश दिएको छ।

    बुटवल–५, दीपनगरस्थित बाजे बजै थानमा सम्पन्न कार्यक्रममा करिब एक हजार जनाको उल्लेख्य सहभागिता रहेको थियो।

    कार्यक्रममा पुल तथा स्नूकर खेलको विकास, विस्तार र संस्थागत सुदृढीकरणमा उल्लेखनीय योगदान पुर्‍याएका विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

    सम्मानित हुनेहरूमा समाजसेवी महेशमान सिंह, महेश थैब, मोहन ठाकुर, लालबहादुर खत्री, कमल जंग कुँवर, खेलराज पाण्डे, चुन्न प्रसाद पौडेल, वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. मदन ज्ञवाली, नबिन खाती, गणेश घिमिरे, तोयाराम पौडेल, शिशिर गुरुङ, विजय गुरुङ, हिरा मल्ल तथा स्वयं संघका अध्यक्ष सुजन पुनलगायत रहेका छन्।

    कार्यक्रम संयोजक विजय गुरुङका अनुसार खेलकुदमार्फत आपसी भाइचारा, सद्भाव र संगठनात्मक मजबुती कायम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। “यस्ता कार्यक्रमले खेलाडी मात्र होइन, सम्पूर्ण खेलप्रेमीलाई एउटै मञ्चमा जोड्ने काम गर्छ,” उनले बताए।

    कार्यक्रममा रुपन्देही पुल तथा स्नूकर संघका महासचिव प्रकाश क्षेत्री, उपाध्यक्षहरू बासु प्रधान र नबिन गुरुङ, कोषाध्यक्ष अमिन थापा, सचिव प्रदीप बी.के. लगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो। साथै सल्लाहकारहरू प्रमोद थापा, सुरज माकाजु र तारा रेशमी मगरको समेत सक्रिय सहभागिता थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष सुजन पुनले खेलकुदलाई केवल प्रतिस्पर्धासँग सीमित गर्न नहुनेमा जोड दिए। उनले भने, “यस्ता कार्यक्रमले खेलाडीहरूबीच आत्मीयता बढाउनुका साथै नयाँ पुस्तालाई खेलतर्फ आकर्षित गर्छ। खेलकुद स्वस्थ जीवनशैली, अनुशासन र सामाजिक एकताको बलियो माध्यम हो। आगामी दिनमा पुल तथा स्नूकर खेलको दीर्घकालीन विकासका लागि यस्ता रचनात्मक कार्यक्रमलाई अझ व्यवस्थित र निरन्तर रूपमा अघि बढाइनेछ।”

    आयोजक संस्थाहरूले कार्यक्रम सफल बनाउन प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण खेलाडी, सहभागी, सहयोगी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्।



    lumbinisanjal   
  • २०८२ माघ २७, मंगलवार २२:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP