• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    तिलोत्तमा नगरपालिका र नगर बिकास कोष बीच सम्झौता

    • lumbinisanjal
    • २०८२ माघ २२, बिहीबार ०८:५७
    1.7K
    SHARES
    तिलोत्तमा नगरपालिका र नगर बिकास कोष बीच सम्झौता

    बुटवल ,२२ माघ । तिलोत्तमा नगरपालिका र नगर बिकास कोष बीच सम्झौता भएको छ। शहरी उत्थानशिलता तथा जीवनयापन सुधार आयोजना URLIP बिच आज एक औपचारिक सम्झौता भै सहआयोजना निर्माण संचालन र व्यवस्थापन सम्बन्धमा सम्पन्न उपसहायक ऋण सम्झौता भएको हो।

    हाल सो परियोजना मार्फत ड्राइभरटोल शिवपुर र पथ्थर डांडा तिनाऊ सडक निर्माण हुने क्रममा रहेको छ।

    नगरपालिकाको तर्फबाट नगर प्रमुख रामकृष्ण खाण, नगर उपप्रमुख जगेश्वर देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल र नगर बिकास कोषको तर्फबाट  टिडिएफ़ कार्यकारी निर्देशक इन्जिनियर बिनोद प्रकाश पण्डितद्वारा हस्तक्षर गरि सम्झौता भएको हो।

    सो सम्झौता पश्चात आगामी दिनमा समेत भौतिक बिकास र मानविय बिकासमा थप टेवा पुग्ने देखिएको छ।



    lumbinisanjal   
  • २०८२ माघ २२, बिहीबार ०८:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP