• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    ‘गफ होइन, काम गरेर देखाउँछु’ : चुन्नप्रसाद पौडेल

    • lumbinisanjal
    • २०८२ माघ १८, आईतवार २०:४०
    1.2K
    SHARES
    ‘गफ होइन, काम गरेर देखाउँछु’ : चुन्नप्रसाद पौडेल

    बुटवल, १८ माघ  । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नम्बर–२ अन्तर्गत बुटवल उपमहानगरपालिका वडा नम्बर ११ मा प्रचारप्रसार कार्यालय स्थापना गरेको छ।

    देविनगर चौपारी नजिक सञ्चालनमा आएको उक्त कार्यालयको प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार चुन्नप्रसाद पौडेलले रिबन काटेर उद्घाटन गर्नुभयो। कार्यालयमार्फत अब दैनिक रूपमा चुनावी प्रचारप्रसार तथा जनसम्पर्कका गतिविधि सञ्चालन गरिने जनाइएको छ।

    कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार पौडेलले आफू धेरै बोल्ने वा झुटा आश्वासन दिने व्यक्ति नभएको उल्लेख गर्दै भने, “म गफ गर्दिनँ, काम गरेर देखाउँछु।” उहाँले बुटवलको समग्र विकासका साथै सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभयो। जनताको विश्वासका साथ विजयी गराई संसदमा पठाए विकासका योजनालाई व्यवहारमा उतार्ने उहाँको भनाइ थियो।
    कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामबहादुर कार्कीले पार्टी बदलिएर आएको दाबी गर्दै मुलुक परिवर्तन गर्न कांग्रेसलाई जिताउन आग्रह गर्नुभयो। प्रदेश कोषाध्यक्ष प्रकाश रानाले नयाँ भनिएका राजनीतिक दलहरूसँग ठोस एजेण्डा नै नरहेको तर्क प्रस्तुत गर्नुभयो।

    त्यसैगरी कार्यक्रममा प्रदेश सभा सदस्य जमुना ढकाल, समानुपातिक उम्मेदवार रिता सेन ओली, महाधिवेशन प्रतिनिधि काजिमान श्रेष्ठ, क्षेत्रीय सभापति प्रजापाल गिरी, वडा सभापति जितबहादुर मल्ल, सचिव यज्ञप्रसाद न्यौपाने लगायतका वक्ताहरूले बुटवललाई विकासको नमुना शहर बनाउने प्रतिबद्धता जनाउनुभयो।



    lumbinisanjal   
  • २०८२ माघ १८, आईतवार २०:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP